Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

विद्यार्थीलाई साईकल

बुधबार, ०५ जेठ २०७३

काठमाडौं - टाढा घर भएकै कारण विद्यालय जान नछाडुन् भनेर विद्यार्थीलाई साईकल वितरण गरिएको छ । गोकर्णेश्वोर नगरपालिका ८ गोकर्ण बालुवा ब्रम्हडोल स्थित ग्राम सुधार निम्न माध्यमिक विद्यालयका कक्षा ५, ६, ७, ८ मा अध्ययनरत २० विद्यार्थीलाई साईकल बाँडिएको हो । चालु शैक्षिक सत्रको वार्षिक परिक्षा मा उत्कृष्ट ५ र घर टाढा भएका १५ गरि २० जना जेहन्दार विद्यार्थीलाइ साईकल वितरण गरिएको * सहायक प्रधानाध्यापक बिकल सापकोटाले बताए ।

विद्यार्थीलाई पठन पाठनमा हौसला प्रदान गरि अझ राम्रो नतिजा ल्याउनका लागि साइकल बाँडिएको उनले बताए । 'विद्यालयमा गरीब तथा न्यून आय भएका अभिभावकका छोराछोरी पढ्छन्, त्यस माथि टाढा बाट आउँदा ढिलो हुने भएपछि विद्यालय नै छाड्ने क्रम बढ्दै थियो' उनले भने, 'साईकल भएपछि विद्यार्थीको समय बचत हुन र अभिभावक पनि विद्यालय पठाउन राजी हुने अपेक्षा गरिएको छ ।'

सार्वजनिक शिक्षा सुधारमा क्रियाशील ग्रामीण सामुदायिक संगठनका नेपाल र फ्रीडम टु लर्न नामक संस्थाको आर्थिक सहयोगमा साईकल वितरण गरिएको उनले बताए ।

साइकल चलाउन जान्नेलाइ र नजान्ने दुबै लाई प्रशिक्षण दिएर मात्रै विद्यार्थीलाई साइकल हस्तान्तरण गर्ने योजना बनाएको सापकोटाले बताए ।  उक्त प्रशिक्षण हामी सहासी केटाकेटी नामक संस्थाले छ । साईकलको प्रयोग भने शैक्षिक प्रयोजनमा मात्र गर्न र विद्यालय शिक्षा पूरा गरे पछि फिर्ता गर्नु पर्ने हुन्छ ।

सभासद अम्बिका बस्नेत, ग्रामीण सामुदायिक संगठन नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापा, स्थानीय राजनितिक दलका नेता विभिन्न विद्यालयका धिानाध्यापक, अभिभावक र विद्यार्थीको उपस्थितीमा साईकल वितरण गरिएको हो ।

सो अवसरमा  विद्यार्थीले नाच गान सहित विभिन्न सांस्कृतिक क्षमता प्रस्तुत गरेका थिए ।

* सच्याईएको - सं.

प्रकाशित मिति २०७३ जेठ ५ गते

प्रतिक्रिया