Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

खाजा खर्च कटाएर पुस्तकालय स्थापना

बुधबार, ०५ जेठ २०७३

काठमाडौँ, ५ जेठ । पर्वतको ग्रामीण क्षेत्रमा रहेका दुईवटा सामुदायिक विद्यालयमा आधुनिक पुस्तकालय स्थापना गरिएको छ ।  सामाजिक सेवामा क्रियाशील रोट¥याक्ट क्लब अफ पर्वत र रोट¥याक्ट क्लब अफ पशुपति काठमाडौँंको सहयोगमा पर्वतका दुईवटा सामुदायिक विद्यालयमा आधुनिक पुस्तकालय स्थापना गरिएको हो ।  ग्रामीण क्षेत्रमा रहेका विद्यार्थी तथा बासिन्दालाई आधुनिक सूचना प्रविधिसँगै महत्वपूर्ण जानकारी दिन कम्प्युटर प्रविधिसहितको आधुनिक पुस्तकालय स्थापना गरिएको हो । 

जिल्लाको शङ्करपोखरी गाविसस्थित जनसहयोगी मावि र कटुवाचौपारी गाविसस्थित सार्वजनिक माविमा पुस्तकालय स्थापना गरिएको हो । क्लबकै सक्रियतामा दुबै विद्यालयलाई दुई/दुईथान कम्प्यूटर र करिब रु दश÷दश लाख बराबरका पाठ्यपुस्तक वितरण गरिएको छ । विसं २०२८ मा स्थापित जनसहयोगी माध्यमिक विद्यालय शङ्करपोखरी र कटुबाचौपारीस्थित सार्वजनिक माविमा कम्युटर र ई–लाइबे्ररी स्थापनाका लागि चाहिने सम्पूर्ण पाठ्यपुस्तक सहयोग गरी पुस्तकालय सञ्चालनमा ल्याइएको रोट¥याक्ट क्लब अफ पर्वतका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए । 

त्यसैगरी जनसहयोगी माध्यमिक विद्यालय शङ्करपोखरीका पाँच छात्रलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ ।  कम्प्युटर सिक्न र देख्नकै लागि पनि घन्टौ धाएर सदरमुकाम कुश्माबजारसम्म आउनुपर्ने बाध्यता अब हटेको जनसहयोगी माविका प्रद्यानाध्यापक गणेशबहादुर थापाले बताए । 

क्लबमा आवद्ध सदस्यले खाजा खर्च कटाएर तथा विभिन्न दाताको सहयोगमा पुस्तकालयका लागि आवश्यक किताब र कम्प्युटर जुटाएको रोट¥याक्ट क्लब अफ पर्वतका अध्यक्ष पौडेलले बताए । दुबै विद्यालयमा स्थापना भएका पुस्तकालयमा विभिन्न विधाका करिब पाँच÷पाँच हजार पुस्तक रहेका छन् । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया