Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

पढाई सुरु, विद्यार्थीको हातमा पुस्तक छैन् !

मंगलबार, ०४ जेठ २०७३

काठमाडौँ, ४ जेठ । इटहरीस्थित जनता उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत आरती मण्डल, सीमा सरदार र अन्जना चौधरी आइतबार पुस्तक माग गर्दै प्रशासन कक्षमा पुगे। लेखापाल राजकुमार श्रेष्ठले तीनै जनालाई थामथुम पार्दै चाडैं पुस्तक आई हाल्ने आश्वासन दिए। उनीहरुले अध्यारो अनुहार पारेर प्रशासन कक्षबाट फर्किएर कक्षातर्फ लागे। 

नयाँ शैक्षिक सत्र शुरु भएको एक महिना वितिसक्दा पनि विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन नसकेको लेखापाल श्रेष्ठले बताए। उनका अनुसार कक्षा ९ र १० को लेखा र अर्थशास्त्र विषय विद्यार्थीले पाएका छैनन्। ुविद्यार्थीलाई जोसँग पुस्तक छ उसैसँग मिलेर पढ भन्ने गरिएको छ,ु जनता उच्च माविका शिक्षक गोविन्द मिश्रले भने, ुपठनपाठन चाँहि रोकिएको छैन तर पुस्तक नहुँदा शिक्षण गर्न नै समस्या भने छ।' उनका अनुसार कक्षा ९ र १० को केही विद्यार्थीसँग अनिवार्य बिषय समेत अपुग छ।

पुस्तकको समस्या सुनसरीभरका थुप्रै स्थानमा छ। सदरमुकाम इनरुवास्थित भगवती माविमा सोमवार कक्षा ९ को स्वास्थ्यसँगै ६ र ७ का विद्यार्थीलाई अपुग पुस्तक वितरण गर्यो। विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम घिमिरेका अनुसार कक्षा ९ का ऐच्छिक बिषयका पुस्तक अझै विद्यार्थीले पाउन सकेका छैनन्। भगवती माविमा कक्षा ९ को पुस्तक झन्डै ३० जना विद्यार्थीले पाउन नसकेको जानाकरी दिइयो।

जिल्लाकै ववियास्थित सरस्वती माविका केही विद्यार्थीले समेत पुस्तक पाएका छैनन्। जनक शिक्षा सामग्री केन्द्रले शुरुवातमा कक्षा ६ र ७ का पुस्तक सीमित पठाएको र पछिल्लो समय कक्षा ९ को ऐच्छिक बिषयको पुस्तक अभाव भएको हो।

सरकारले यस बर्ष जनक शिक्षालाई ६–१० सम्मका लागि पुस्तक छाप्ने जिम्मेवारी दिएको थियो। कक्षा १–५ सम्मको भने निजी प्रकाशन गृहलाई छापेर वितरण गर्ने जिम्मा दिएको थियो। शुरुवातदेखि नै कक्षा १–५ को भने समस्या नभएको नियमनकारी निकाय शिक्षा कार्यालयले जनाएको छ। 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैशाख सुरुवातमा पूर्वाञ्चलमा पुस्तकको अवस्था बुझन आएका बेला वैशाख– १५ गतेभित्र सबै जिल्लामा पाठ्यपुस्तक पुर्याएउने प्रतिवद्धता जनाएका थिए।  सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले केही विद्यार्थीलाई अपुग भएको पुस्तक आइसकेको र चाडैं सम्बन्धितमा विद्यालयमा पुग्ने जानकारी पाएको बताए। ुकक्षा ९ र १० को केही अपुग भएको पुस्तक आइसकेको सूचना पाएको छुँ,' उनले नागरिकसँग टेलिफोनमा भने, ुअब सम्बन्धित विद्यालयमा पुगिहाल्छ।' 

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया