Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालयको छाना उडाउँदा पठनपाठनमा समस्या

मंगलबार, ०४ जेठ २०७३

काठमाडौँ, ४ जेठ । तीन दिनदेखि पानीसँगै आएको हावाहुरी र असिनाले बैतडीका विभिन्न स्थानका विद्यालयमा क्षति पु¥याउँदा पठनपाठनमा समस्या भएको छ । 

सित्तड गाविसको सलेनामा रहेको पञ्चदेव निमाविको दुईकोठे भवनको छानो उडाएपछि विद्यार्थीका लागि बस्न अप्ठ्यारो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिए। उनले भने “बालबालिकालाई चौरमा राख्नुपर्ने बाध्यता आएको छ ।”  

उक्त भवन २०६३ सालमा बनेको बताइएको छ । उता पाटन नगरपालिका–१ मा रहेको दुर्गाबेताल प्रावि खानीडाँडा गडालेकको दुईकोठे भवनको छाना उडाएको छ । विद्यालयको जस्तापाताले छाएको छाना उडाएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको स्थानीयवासी लक्ष्मण विकले जानकारी दिए। 

डिलाशैनी–१ मा खोलाको बाढीले कटान गरेपछि स्थानीय पाँचजनाको घर पनि जोखिममा रहेको उनले बताए । सेकराम ओड, धनदेव बोहरा, केशवराम ओडलगायतका घर जोखिममा परेको स्थानीय लोकेश जोशीले बताए ।  एक्कासि आएको पानीले खोलामा बाढी आएको र खोलाको बाढीले निर्माणाधीन सिँचाइ आयोजना बगाएको समेत उनले जानकारी दिए । 

सोही ठाउँको खानेपानी आयोजनाको पाइप पनि बाढीले बगाएकाले स्थानीय बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् । रासस 

 

प्रतिक्रिया