Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नेपाली विद्यार्थीलाई भारतमा छात्रवृत्ति !

मंगलबार, ०४ जेठ २०७३

काठमाडौँ, ४ जेठ । भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्ड्रस्टियल टेक्नोलोजी (किट) विश्वविद्यालयले नेपाली गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ । 

सो विश्वविद्यालयमा पढेका नेपाली पूर्वविद्यार्थीको संस्था (अल्मुनाइ) ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विश्वविद्यालयका संस्थापक प्रा डा अच्युता समन्ताले अभिभावकविहीन र जेहेन्दार नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइने घोषणा गरेका हुन् । सो विश्वविद्यालयबाट २५० नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । 

सन् १९९२ मा स्थापित तथा भारतको मानव स्रोतसाधन मन्त्रालयबाट ‘क’ श्रेणीमा सूचीकृत सो विश्वविद्यालयमा २२ मुलुकका गरी करिब २७ हजार विद्यार्थी अध्ययनरत छन् ।  कार्यक्रममा पूर्वविद्यार्थी आशिष भण्डारीले सो विश्वविद्यालयमा उपर्युक्त वातावरण रहेको र आफू रहँदा कुनै सुरक्षा चुनौती वा समस्या भोग्नु नपरेको अनुभव सुनाए । 

कार्यक्रममा स्वामी आनन्द अरुणले पूर्वविद्यार्थीलाई आगामी जीवनको सफल भविष्यको कामना गरे । रासस 

 

प्रतिक्रिया