Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

महंगी भत्ता पाउनु पर्ने शिक्षकहरुको माग

सोमबार, ०३ जेठ २०७३

हेटौंडा - सामुदायिक विद्यालयमा अध्यापनरत मकवानपुरका शिक्षकहरुले महंगी भत्ता वापत पाउनु पर्ने रकम नपाएको भन्दै उच्च माध्यामिक शिक्षा परिषद्को ध्यानाकर्षण गराएका छन्  ।

अघिल्लो बजेटमा समेटिएको महंगी भत्ताको रकम निकासा नगराईएकोले तत्काल उक्त रकम निकासा गराउन उनीहरुले माग गरेका छन् । बजेटमा महंगी भत्ता वापत महिनाको एक हजार रुपैंया उपलब्ध गराउने उल्लेख थियो ।

जिल्ला शिक्षा कार्यालय मार्फत् नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियन मकवानपुरले उच्च माध्यामिक शिक्षा परिषद् तथा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडा समक्ष ज्ञापन पत्र पेश गरेको हो । यूनियनका अध्यक्ष छवि सुवेदी नेतृत्वको टोलीले बुझाएको २ बुँदे ज्ञापन पत्रमा सामुदायिक उच्च माविका शिक्षकहरुको महंगी भत्ता तत्काल निकासा गराउनु पर्ने र सामुदायिक उच्च माविका शिक्षकहरुको पेशागत स्थायित्व सुनिश्चित गराउनु पर्ने माग गरिएको छ ।  

ज्ञापनपत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आर्चायले शिक्षा विभाग मार्फत प्राविधिक त्रुटिका कारण उक्त भत्ता निकासा हुन नसकेको र तत्काल निकासाको लागि पहल गरिने बताए ।

प्रकाशित मिति २०७३ जेठ ३ गते

प्रतिक्रिया