Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

कक्षा ११ को प्रश्नपत्र बाहिर ल्याउने पक्राउ

आइतबार, ०२ जेठ २०७३

काठमाडौँ, ३ जेठ । प्रशनपत्र बाहिर ल्याउने फोटोकपी सञ्चालकसहित दुई जनालाई प्रहरीले आइतबार सप्तरीको राजविराजबाट पक्राउ गरेको छ ।  आइतबारदेखि सुरु कक्षा ११ को परीक्षाको पहिलो दिनको परीक्षामा राजविराजस्थित प्रिया आर्टस फोटोकपी मार्फत प्रश्नपत्र बाहिर ल्याउने लवन उमावि वभनगामाकट्ठीका कार्यालय सहयोगी भगवती यादव र फोटोकपी सञ्चलक शिवनाराण थलामै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । 

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो पसलबाट ‘चिट’, प्रश्नपत्र र फोटोकपीको यन्त्र समेत बरामद गरेको छ ।  अभियुक्तलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याालय सप्तरीमा ल्याएको छ । 

रासस 

 

प्रतिक्रिया