Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

प्राविमा प्रति शिक्षक २५ र माविमा १८ विद्यार्थी हुने गरी बजेट तय गर्न माग

आइतबार, ०२ जेठ २०७३

काठमाडौं - प्राथमिक तहमा प्रति शिक्षक २५ र माध्यमिक तहमा प्रति शिक्षक १८ विद्यार्थी हुने गरी शिक्षकको ब्यवस्था गर्न आवश्यक बजेटको माग गर्दै शिक्षाको लागि राष्ट्रिय अभियान नेपालले शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अभियानका अध्यक्ष राजकुमार गन्धर्व सहितको टोलीले आईतबार मन्त्री गिरिराजमणि पोखरेललाई बुझाईएको ज्ञापनपत्रमा शिक्षकलाई सम्मान पूर्वक काम गर्ने वातावरण निर्माणका लागि आवश्यक व्यवस्थाको माग समेत गरिएको छ ।

पर्याप्त तालिम प्राप्त सक्षम शिक्षकको व्यवस्था गरि उनीहरुलाई सम्मान पूर्वक काम गर्नको लागि उपयुक्त बातावरण निर्माण गर्न शिक्षा क्षेत्रमा लागानी बढाउन अभियानको माग छ ।

सरकारको नीति तथा कार्यक्रम र विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मञ्चहरmमा नेपालले गरेको प्रतिवद्धता पुरा गर्न राज्यको कूल बजेटको कम्तिमा २० प्रतिशत र कूल ग्राह्यस्थ उत्पादनको ६ प्रतिशत सुनिश्चित हुनुपर्ने अभियानको ठहर छ । शिक्षाको बजेट सुनिश्चित गर्न आन्तरिक स्रोतको परिचालन र वैदेशिक सहायताको निर्भरतालाई कम गर्दै लैजानु पर्ने भन्दै अभियानले ध्यानाकर्षण गरेको छ ।

निःशुल्क, गुणस्तरीय पूर्वप्राथमिक, प्राथमिक तथा माध्यमिक शिक्षा तथा जीवन पर्यन्त सिकाइका लागि पर्याप्त बजेटको व्यवस्था गर्नु पर्ने भन्दै अभियानले शिक्षा क्षेत्रमा विनियोजित रकम तथा खर्चको नियमित तथा पारदर्शी ढंगबाट अनुगमन गर्नु पर्ने औल्याएको छ ।

शिक्षामा रहेको असमता हटाउन पर्याप्त आर्थिक स्रोत परिचालन गरी सार्वजनिक शिक्षालाई सुदृढीकरण गर्नु पर्ने माग उक्त ज्ञापन पत्रमा समेटिएको छ । 

ज्ञापन पत्रमा उल्लेख भएका बुँदाहरुलाई बजेटमा प्रतिविम्वित गराउन मन्त्री पोखरेले प्रतिवद्धता जनाएको अभियानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अभियानमा शिक्षामा कृयाशिल विभिन्न २ सय ८६ गैर सरकारी संघको सहभागिता छ ।

अभियान सहित शिक्षा र बाल अधिकारको क्षेत्रमा काम गर्ने अन्य १३ वटा संजालहरmले संयुक्त रmपमा यस बर्षको नेपाल सरकारको बजेटले शिक्षा क्षेत्रलाई सम्वोधन गर्नु पर्ने प्रस्ताव सहितको ज्ञापनपत्र तयार गरेका उक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०७३ बैशाख २ गते

प्रतिक्रिया