Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

रुकुम पूर्ण साक्षर जिल्ला घोषणा

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ, २ जेठ । ‘फरक कला, फरक संस्कृति रुकुमेलीको शान, सभ्य समृद्ध र साक्षर रुकुम हाम्रो पहिचान’ भन्ने मूल उद्घोषका साथ रुकुम जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भएको छ ।

३९ गाउँ विकास समिति र २ नगरपालिका रहेको रुकुम जिल्लाको २०७८ सालको जनगणनाअनुसार २०८, ५ सय ६७ कुल जनसंख्यामध्ये १५ देखि ६० वर्षसम्मका १०९१२८ जना रहेकामध्ये १०६१६५ जना साक्षर रहेको जिल्ला शिक्षा कार्यालय रुकुमले बताएको छ । 

१५ देखि ६० वर्षबीचको उमेर समूहको जनसंख्या साक्षर रह्यो भने जिल्लालाई साक्षर घोषणा गर्न सकिने राष्ट्रिय प्रावधान रहेकाले यसैअनुरूप रुकुम जिल्ला साक्षर घोषणा भएको हो ।

अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेलको प्रमुख आतिथ्यतामा शुक्रबार एक विशेष समारोहको आयोजना गरी जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । प्रमुख अतिथिका तर्फबाट आफ्ना भनाइ राख्ने क्रममा निर्देशक ढुंगेलले नेपालका ७५ वटा जिल्ला मध्ये रुकुम जिल्लाले निकै ठुलो फट्को मारेको बताउँदै यस साखलाई कायम गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अन्य अतिथि वक्ताले पनि रुकुम जिल्ला पूर्ण साक्षर भएकामा खुसी व्यक्त गर्दै जिल्लाको विकासका लागि अघि बढ्न थप प्रेरणा मिलेको बताए ।

साक्षर नेपाल अभियानअन्तर्गत साक्षरता कार्यक्रम सन्चालन गरी सार्वजनिक समारोहमार्फत रुकुम जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको कामको प्रशंसनीय कार्यको कदरस्वरूप जिल्ला शिक्षा कार्यालय रुकुमलाई नेपाल सरकार शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले कदरपत्रसमेत प्रदानसमेत सो समारोहमा प्रदान गरेको छ ।

कदरपत्र ग्रहण गर्दै जिल्ला शिक्षा अधिकारी रामलाल खड्काले रुकुमको पूर्ण साक्षर नेपाल निर्माणको अभियानमा यो दिन एउटा महŒवपूर्ण दिन भएको र आगामी समय पनि रुकुम जिल्लाका लागि स्वर्णिम समय हुने कुरा बताए । 

जिल्लालाई साक्षर घोषणा भएपछि अब यसपछि बाँकी रहेका रुकुम जिल्लाका २९ सय ६३ जना निरक्षरलाई आगामी वर्षमा निरन्तर शिक्षाका माध्यमबाट साक्षर बनाउने प्रतिबद्धतासमेत गरिएको छ । 

(राजधानी दैनिमा प्रकाशित)

 

प्रतिक्रिया