Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

स्कुल बसलाई ठक्कर दिँदा आठ विद्यार्थी घाइते

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ, २ जेठ । धादिङको भुमेस्थान–९ खयरघारीमा टिपरले बिहिवार स्कुल बसलाई ठक्कर दिँदा आठजना विद्यार्थी  घाइते भएका छन्। बैरेनीको गल्छीचोकमा रहेको सक्सेस एकेडेमीको बा४ख १२८९ नंको स्कुल बसलाई काठमाडौँबाट बैरेनीतर्फ जाँदै गरेको ना६ख २६९५ नंको टिपरले ठक्कर दिँदा बसमा सवार चालकसहित आठजना घाइते भएको बैरेनी प्रहरी चौकीले जनाएको छ।

घाइते पाँचजनाको गल्छीमा रहेको गल्छी अस्पतालमा उपचार भइरहेको पुरुषोत्तम थापाले जानकारी दिए। ठक्कर दिने टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यही महिनामा केही अघि नौबिसेमा भएको स्कुल बस दुर्घटनामा पनि १४ जना घाइते भएका थिए। 

(नागरिक दैनिकमा प्रकाशित) 

प्रतिक्रिया