Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

परीक्षामा गल्ती नदोहोर्याउन प्रशिक्षण 

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ – परीक्षामा हुने गल्ति र तयारीका बारेमा तनहुँ र रुपन्देहीका विभिन्न क्याम्पसका विद्यार्थीलाई छुट्टा छुटै प्रशिक्षण दिइएको छ ।  त्रिभुवन विश्वविद्यालयका सह—प्राध्यापक इन्द्रलाल शर्माले तनहुँको आँबुखैरेनी क्याम्पस, बन्दिपुर क्याम्पस र जनज्योति क्याम्पस, भिमादमा क्रमश वैशाख २३ गते २५ र २६ गते प्रशिक्षण दिएका हुन् । 

यसैगरी उनले वैशाख २८ गते सहिद नारायण पोख्रेल रामापुर क्याम्पस सैनामैना, रुपन्देहीमा २९ र ३० गते राममणि बहुमुखी क्याम्पस, मणिग्राम, रुपन्देहीमा पनि प्रशिक्षण दिएका थिए ।  यस्तै शुक्रबार उनले परोहा बहुमुखी क्याम्पस रामनगर, मुर्गिया र शनिबार जेठ १ गते खुदाबागर आदर्श कलेज रुपन्देहीमा  पनि प्रशिक्षण दिइएको शर्माले जानकारी दिए । 

जेठ ८ गतेसम्म रुपन्देहीका विभिन्न क्याम्पसमा प्रशिक्षण चलाउने उनले जानकारी दिएका छन् ।   विद्यार्थीहरुले उत्तरपुस्तिकामा आफनो सिम्वल नम्वर लेख्दा देखि उत्तर पुस्तिकामा प्रश्न अनुसार उत्तर लेख्दा गर्ने गल्तीहरुलाई औंल्याउने र तीे गल्तीहरुलाई सुधार गर्ने उपायहरुका वारेमा प्रशिक्षण दिइएको उनले जानकारी दिए ।    

परीक्षामा हुने सामान्य गल्तीलाई सच्याउने प्रशिक्षण क्याम्पसका कक्षाकोठामै पुगेर शर्माले दिएपछि  क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र प्राध्यापकहरुले अभिरुचीका साथ अवलोकन गर्दै साथ दिएर प्रशसां गरेका छन् ।  दुई बर्षअघि देखि शर्माले शुरु गरेको यस किसीमको प्रशिक्षण २१ जिल्लाका विभिन्न ५३ वटा शिक्षा शास्त्रका क्याम्पसहरुमा दिईसकका छन् । 

प्रकाशित मिति २०७३ जे १ गते ।

प्रतिक्रिया