Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

बस नचल्दा परिक्षार्थीलाई सास्ती !

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ, १ जेठ । कर्णाली यातायात व्यवसायी संघ जुम्ला र चन्दननाथ यातायात प्रालीको आपसी विवादका कारण कर्णाली राजमार्गमा बस नचल्दा परिक्षार्थीलाई सास्ती भएको छ ।  लोक सेवा आयोगको परिक्षा दिन जिल्ला बाहिरबाट आएका परिक्षार्थीहरु नाग्मदेखि जुम्ला सदरमुकमा खलंगासम्म पैदल यात्रा गर्नुपर्दा विचल्ली भएको छ ।  

एक सातादेखि कर्णाली राजामार्गमा सवारी चलेका छैनन । राजमार्गमा सवारी नचल्दा अन्य यात्रुहरु पनि अलपत्र परेका छन ।  खरिदार स्तरको लोक सेवा आयोगको परिक्षा दिन जुम्ला पुगेका कांभ्रेका पवन पाठक बस नचल्दा ३२ किलोमिटर कष्टकर पैदल यात्रा गर्नुपरेको बताउँछन् । ‘कर्णाली यातायात व्यवसायी संघले आफ्ना सेवाहरु बन्द गरेको रहेछ । नाग्म बजार पुगेपछि मध्य यातायातको बसले त्यहीसम्म ल्यायो । नाग्मदेखि खलंगासम्म पैदल आउनुपर्दा खुट्टा सुनिएको छ, दुखेको छ,’ उनले भने, ‘कसरी परिक्षा दिने रु परिक्षा दिने मनस्थिति नै बनेको छैन ।’  

पाठक जस्तै आयोगको परिक्षा दिन जुम्ला पुगेका सयौं परिक्षार्थीहरुको अवस्था उस्तै छ ।  राज्यले अर्बौंको रकम खर्च गरेर सडक पुर्‍याएपनि समितिको आपसी विवादका कारण सुरक्षित यात्रा गर्न पाउने आशा पुरा हुन सकेको छैन ।  

वैशाख १ गतेदेखि विवाद हुँदै आएपनि पछिल्लो एक सातादेखि राजमार्गमा गाडी चलेका छैनन् । राजमार्ग नियमित रुपमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयमा पटक पटक सर्वपक्षिय र सर्वदलिय वैठक बसेर दर्जन बढि निर्णय गरिए पनि कुनै कार्यन्वयन हुन सकेका छैनन् । सहमतिको उलंघन व्यवसायीले गर्दै आएको स्थानिय प्रशासन बताउँछन । दुईपटक कर्णाली यातायातले सडकमा बस तेर्साएर अवरुद्ध गरेको थियो । 

अहिले कर्णाली यातायातले बस थन्काएर राखेको छ । लामो तथा छोटो दुरीका आफ्ना बस सञ्चालनमा रोक लगाएको छ । अवैधानिक रुपमा चन्दननाथ यातायातले कर्णाली राजमार्गमा सवारी सञ्चालन गरेको भन्दै कर्णाली यातायातले वैधानिक रुपमा आउन आग्रह गरेको छ । तर चन्दननाथ यातायात प्रालीले खलंगामा पार्किङ गरेका बस लिएर जुम्ला र कालिकोटको सिमानाबाट सञ्चालन गरिरहेको छ ।

कर्णाली यातायातका कार्यालय प्रमुख ईन्द्रबहादुर थापाले स्थानीय प्रशासनको लाचारीपनले सवारी थन्काउनु परेको बताएका छन । आफ्नो समितीको बसलाई नाग्मागाडदेखि सिजा र सुर्खेत, नेपालगंजसम्म चल्ने वातावरण नभएको कर्णाली यातायातले जनाएको छ ।   अहिले सुर्खेत, नेपालगंज र काठमाडांैका लागि छुट्ने सवारी साधन छुटेका छैनन् । जसका कारण दिनहुँ बस छुट्ने आसमा बसपार्कमा कुरेर घर फर्कने गरेको यात्रुहरुले दुखेसो पोखेका छन् ।  

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया