Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यार्थीलाई एनसेलको छात्रवृति !

शनिबार, ०१ जेठ २०७३

काठमाडौँ, १ जेठ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा ईलेक्ट्रिक, ईलेक्ट्रोनिक्स, कम्युनिकेसन र कम्प्युटर तर्फ स्नात्तक तहमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्ट पुरस्कार प्रदान गरेको छ । 

१२ जना विद्यार्थीलाई छात्रवृति र ४ जनालाई पुरस्कार प्रदान गरिएको हो । कम्पनीको सामाजिक उत्तर दायित्व अन्तर्गत एनसेलले उक्त कार्यक्रम गरेको हो ।  प्राविधिक शिक्षालाई प्रोत्साहन र दक्ष जशक्तिको विकासमा योगदान पुर्याउन प्रत्येक छात्रवृति र पुरस्कारको रकम एक लाख रहेको एनसेलले जनाएको छ । २०७१ देखि एनसेलले प्राविधिक शिक्षा तर्फ छात्रवृति कार्यक्रम ल्याएको हो ।  

कार्यक्रममा एनसेलका प्रबन्ध निर्देशक साइमन फर्किन्सले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीलाई थप उच्च लगन, मनोवल र उत्साहका साथ अध्ययनमा केन्द्रित गराउन छात्रवृत्तिले सघाउने विश्वास व्यक्त गरे । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया