काठमाडौँ, १ जेठ । वर्षासँगै आएको भीषण बाढीले बगाएर पूर्वी सुर्खेतमा दुई किशोरीको ज्यान गएको छ । कक्षा १२ को परीक्षा सकेर घर फर्कन लागेका काफलकोट–३ का १९ वर्षीया हिमा बुढा र २० वर्षीया विपना बुढालाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
स्थानीय सिर्पा खोलामा आएको बाढीले बिहीबार साँझ बगाएको हो । उनीहरु छिमेकी गाविस बजेडीचौरस्थित भानु उच्च माविबाट परीक्षा दिएर घर फर्कंदै थिए । शुक्रबार फेला परेको शवलाई पोष्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । घटनास्थलबाट जाजरकोट सदरमुकाम खलंगा नजिक पर्दछ ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया