Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

प्राविधिक शिक्षाको महत्वमा जोड

सोमबार, २७ बैशाख २०७३

काठमाडौँ, २७ वैशाख । मुलुकमा बेरोजगारी समस्या न्यूनीकरण गर्न युवा वर्गलाई रोजगारी र उत्पादनसँग जोडने शिक्षाको खाँचो औँल्याइएको छ । 

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातन्त्र युवक सङ्गठनको क्षेत्र नं ८ द्वारा आयोजित युवा प्रशिक्षण कार्यक्रममा पार्टीका महामन्त्री धवलशम्शेर राणाले मुलुकमा रोजगारी अभाव भएका कारण ठूलो युवा जनशक्ति विदेशिन बाध्य रहेको बताउँदै अब देशमा उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । 

उनले अबको शिक्षा प्रणालीमा प्राविधिक शिक्षालाई महत्व दिएर कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने पार्टीको नीति रहेको जानकारी गराए  ।  भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले समाजमा व्यावसायिक शिक्षाको प्रयोग भए मात्र देश विकासमा सहयोग पुग्ने विचार व्यक्त गर्दै युवा समुदायले अब सबै क्षेत्रको नेतृत्वका लागि अगाडि आउनुपर्ने र सरकारले युवामैत्री बजेट ल्याउनका लागि गृहकार्य गरिरहेको बताए । 

उक्त कार्यक्रममा ६५ जना युवाको सहभागिता रहेको थियो । रासस 

 

प्रतिक्रिया