पोखरा, २७ वैशाख । गण्डकी मेडिकल कलेजले आइतबारदेखि १.५ टेल्सा एमआरआई सेवा शुभारम्भ गरेको छ । पश्चिमाञ्चल क्षेत्रका बासिन्दालाई विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ विश्व प्रसिद्ध उच्चस्तरीय एमआरआई सेवा सञ्चालनमा ल्याइएको कलेजका रेडियोलोजोजी विभागका प्रमुख मनिषकिरण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो सेवासँगै टाउकोदेखि पैतालासम्म र स्तन क्यान्सरलगायत समस्या पहिचान गर्न निकै उपयोगी हुने छ । उक्त सेवाको कलेजका प्रमुख संरक्षक प्रा डा उपेन्द्र देवकोटाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए ।
रासस
प्रतिक्रिया