काठमाडौँ – मध्यपश्चिमान्चल विश्वविद्यालय सेवा आयोगको कार्यलयले ९९ जना आवेदकको आवेदन माग गरेको छ । ०७३ बैसाख २६ गतेको गोरखापत्र दैनिकमा सूचना सार्वजानिक गरेर माग गरिएअनुसार विश्वविद्यालय अन्तर्गत विभिन्न क्षेत्रमा अध्यापन गराउने प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकको आवेदन माग गरिएको छ ।
जस अनुसार विश्वविद्यालयले ४१ खुल्ला तथा १६ आन्तरिक प्रतियोगिता र ४२ विशेष आन्तरिक प्रतिस्पर्धाका आधारमा पदपूर्ति गर्ने जनाएको छ । विश्वविद्यालयका अनुसार खुल्ला अन्तर्गत २ प्राध्यापक ,३ सह– प्राध्यापक र ३६ उप–प्राध्यापक माग गरेको छ, आन्तरिक तर्फ ४ जना प्राध्यापक, ८ जना सहप्राध्यापक र ४ जना उप– प्राध्यापकको माग गरिएको छ भने विशेष आन्तरिक तर्फ ४२ जना उप– प्राध्यापक माग गरिएको छ । माग गरिएका ९९ पदमा खुला तर्फ ७ महिला कोटा छुट्याइएको छ ।
शैक्षिक पदका लागि सवै किसिमका प्रतियोगितामा दरखास्त दिने समय असार १ गतेको तोकिएको छ भने दोब्बर दस्तुरको लागि असार ८ सम्मको समय दिइएको छ । आवश्यक न्युनतम योग्यता, निवेदन दस्तुर लगायत अन्य आवश्यक जानकारीको लागि आयोगको वेभसाइट www.mwu.edu.np बाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ ।
प्रकाशित मिति २०७३ बैशाख २६ गते ।
प्रतिक्रिया