Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
अन्तैवाट

विद्यालयको विपद् जोखिम व्यवस्थापन योजना

शनिबार, २५ बैशाख २०७३

काठमाडौँ, २५ वैशाख । उत्तरी धादिङको सात विद्यालयले विपद् जोखिम व्यवस्थापन योजना निर्माण गरी लागु गर्ने भएका छन् ।  गत वर्ष वैशाख १२ को भूकम्पले क्षतविक्षत विकट मूलपानी र फूलखर्क गाविसका विद्यालयले सो योजना निर्माण गर्दैछन् । 

विपद्का समयमा पनि बालबालिकाको शैक्षिक पहुँचलाई सुनिश्चित गर्ने उद्देश्यले विद्यालयका प्रअ, व्यवस्थापन समिति र बालक्लबका पदाधिकारीले यस्तो योजना बनाएर लागु गर्ने प्रतिबद्धता जनाएका हुन् ।

विपद्का समयमा बालबालिकाको सुरक्षा, शिक्षामा पहुँच पु¥याउन विद्यालयस्तरमा योजना बनाई लागु गर्न तालिममा सहभागी भएको मण्डली माविका सहायक प्रअ शैलेन्द्र डल्लाकोटीले बताए ।

रासस 

 

प्रतिक्रिया