काठमाडौँ, २५ वैशाख । अपाङ्गता भएका व्यक्तिको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा थप वकालत गर्नुपर्ने शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको आयोजनामा गरिएको अध्ययनमा देशका ५९ जिल्लाका १०० वटा क्षेत्र निर्धारण गरी चार हजार घर धुरीमा दुई हजार अपाङ्गता भएका व्यक्ति र दुई हजार अपाङ्गता नभएका व्यक्तिबीच तुलनात्मक नमुना सर्वेक्षण भएको थियो ।
अपाङ्गता भएका र नभएका व्यक्तिले पाउने सुविधामा ७० प्रतिशतसम्मको विभेद ९ग्याप० पनि देखिएको छ । यससम्बन्धी विद्यमान कानुन, पुनःस्थापना, सेवा र नीतिको समेत उचित कार्यान्वयन नभएको देखिएको छ ।
महासङ्घको सहयोगमा भएको अध्ययनमा नर्वेस्थित सिन्टेफ नामक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान संस्थाले नेपालस्थित अर्को अध्ययन अनुसन्धानमा संलग्न संस्था भ्याली रिसर्च, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागकोसमेत सहयोगबाट अध्ययन भएको हो ।
महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले लामो समयदेखि वकालत गर्दा पनि यस क्षेत्रमा जीवनस्तर उकास्न नसक्नुका कारणबारे पनि प्रतिवेदन सिफारिस गरेकाले सबै संस्थाले मिलेर अघि बढ्ने बताए ।
रासस
प्रतिक्रिया