काठमाडौँ, २४ वैशाख । भोजपुरको दक्षिणी गाविसको पञ्चकन्या भगवती निमावि, रानीबास–९ हर्कामा सोलार सेट र कम्प्युटर जडान गरिएको छ । विद्यालयको शैक्षिक विकास र सफलताका लागि पूर्व विद्यार्थी र शुभेच्छुकको आर्थिक सहयोगमा सोलार सेट र कम्प्युटर जडान गरिएको अभियानका अभियन्ता एवम् संयोजक सिङ्गापुर पुलिस फोर्समा कार्यरत जीवन खाहोङ्ग राईले जानकारी दिए ।
कुल लागत रु तीन लाख दुई हजार ५०० भएको ६०० वाटको सौर्य ऊर्जाको सोलार प्यानल सेट, तीन थान डेक्सटप कम्प्युटर र ब्रोदर ब्रान्ड एक हजार ५१० को लेजर प्रिन्टर जडान गरिएको संयोजक राईको भनाइ छ ।
रासस
प्रतिक्रिया