काठमाडाँैँ, २२ वैशाख । घोस्ट राइटिङ नेपालको आयोजनामा सोमबारदेखि विराटनगरमा विराट् पुस्तक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको नेकपा (एमाले)का नेत माधवकुमार नेपालले नारायण सुवेदीले लेखेको ‘१०० दिन माओवादी कब्जामा’शीर्षक पुस्तक खरिद गरेका थिए । पूर्वप्रधानमन्त्री नेपाललाई नेपाल मुस्लिम सङ्घले ‘कुरान’ उपहारका रुपमा दिएको थियो ।
उद्घाटन समारोहमा नेपालले संसारमा कलममा जति शक्ति अन्य केहीमा पनि हुँदैन भने । यही वैशाख ३० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा १३० प्रकाशनगृहका पुस्तक राखिएको छ । पढ्ने बानीको विकास गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले जानकारी दिए ।
‘किताबसँग जीवनका रङ’ भन्ने नाराका साथ सुरु भएको पुस्तक प्रदर्शनीमा हरेक दिन पुराना र दुर्लभ पुस्तकको सङ्कलन र बिक्री, लेखक तथा पाठकबीच प्रत्यक्ष अन्तरसंवाद, गजल, मुक्तक, छन्द कविता, लघुकथा दैनिक कविगोष्ठी लगायत कार्यक्रम गरिने अध्यक्ष ढकालले जानकारी दिए ।
घोस्ट राइटिङले हालसम्म १५० पुस्तक बजारमा ल्याइसकेको व्यवस्थापक जयन्ता पोखरेलले बताए ।
रासस
प्रतिक्रिया