Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

ठगी कन्सल्टेन्सीका सञ्चालक पक्राउ

बुधबार, २२ बैशाख २०७३

काठमाडौँ, २२ वैशाख । आकर्षक तलबमा हङकङ पठाउने प्रलोभन देखाई रु १३ लाख रकम ठगी गर्ने कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । कपिलबस्तु चन्द्रौटा–८ घर भई हाल काठमाडौँ बस्ने लक्ष्मीदेवी विकले होनिस्टेली इन्टरनेसनल हुमन रिसर्च नामक कन्सल्टेन्सीमार्फत सिन्धुपाल्चोक पाङताङ–४ का शिवलाल श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–१४ की सरीता मगरलाई आकर्षक तलबको प्रलोभन देखाई रु १३ लाख ठगी रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

हङकङ लैजाने भन्दै उनीहरू बेजिङमा एक महिनासम्म अलपत्रमा परेपछि उनीहरू नेपाल फर्की विकविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि विकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

विकले अन्य व्यक्तिसँग पनि अस्ट्रेलिया पठाइदिने भनी ठगी गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ ।

रासस

प्रतिक्रिया