काठमाडौं १२ असोज / म्याग्दीको पाखापानी गाविस–९ रायखोरका एक दम्पतीले दिवङ्गत अभिभावकको सम्झनामा विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन् । रायखोर घर भई हाल हङकङमा बस्दै आएका वीरबहादुर र उहाँकी श्रीमती छविसरा शेरपुञ्जाले रायखोर प्राविलाई अक्षयकोष स्थापना गर्न रु एक लाख सहयोग गर्नुभएको हो ।
विद्यालयका निजी स्रोतका शिक्षकको तलब र गरिब विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले शेरपुञ्जा दम्पतीले आफ्ना बुबाआमाको सम्झनामा विद्यालयलाई सहयोग उपलब्ध गराउनुभएको शिक्षिका लालकुमारी पुनले जानकारी दिनुभयो ।
उहाँहरुले रायखोरको पञ्चेबाजा समूहलाई पोसाकसहित नगद रु १० हजार र पुख्र्यौली तथा आमा समूहलाई पनि रु १० हजार उपलब्ध गराउनुभएको छ । सहयोगदाता शेरपुञ्जा दम्पतीलाई रायखोर प्राविमा सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँलेले सम्मान गरेका छन् ।
गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया