Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

पाठ्यपुस्तकभरि भ्रामक चित्र

मंगलबार, २१ बैशाख २०७३

काठमाडौँ, २१ बैशाख । कालिमाटीकी उर्मिला गहतराजका छोरा सरकारी स्कुलमा कक्षा ३ मा पढ्छन्। उनले पढ्दै आएका पाठ्यपुस्तकमा राष्ट्रिय झन्डा कालो रंगमा छापिएको छ। राष्ट्रिय फूल लालीगुराँसको चित्र पनि कालै छ।  'एक कक्षादेखि नै उसलाई झन्डा र गुराँस कालो रंगका हुन्छन् भन्ने छाप परेको छ,' उर्मिलाले भनिन्, 'मामाघर जाँदा उसलाई गुराँस चिनाएँ तर पत्याउँदै पत्याएन।'

केही दिनअघि काठमाडौंको एक सरकारी स्कुलले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई चिडियाखाना घुमायो। त्यहाँ शिक्षकले उनीहरूलाई बाघ चिनाए। त्यहाँ पनि त्यही समस्या। किताबमा कालो रंगको बाघ देख्दै आएका उनीहरूले वास्तविक बाघ पहिचान गर्नै सकेनन्। डाँफे पनि किताब र चिडियाखानामा फरकफरक रंगका देखेपछि विद्यार्थी थप अन्योलमा परे।

सरकारले सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाइमा सीमित रंग मात्रै प्रयोग गर्दा विद्यार्थीलाई तिनमा प्रयुक्त तस्बिरको वास्तविकता पहिल्याउन सकस छ। यसले बाल मस्तिष्कमा सम्बन्धित विषयबारे गलत बुझाइ थोपरिदिँदा शिक्षणविधि उपलब्धिमूलक बन्न सकेको छैन।

बलम्बुस्थित बलम्बु माविका प्रधानाध्यापक सुमन राउतका अनुसार कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकमा यसखाले समस्या देखिन्छ। चित्रहरू स्पष्ट त छैनन् नै, रंग पनि अवास्तविक रहेकाले सिकाइ उपलब्धिमा नकारात्मक असर परेको छ। यसले विद्यार्थीलाई विषयवस्तु बुझाउनै कठिन रहेको राउतको अनुभव छ। ुविज्ञान, सामाजिक, वातावरण, गणित, स्वास्थ्यशिक्षा,जनसंख्यालगायत विषयमा चित्र बढी प्रयोग हुन्छ,ु उनले भने, ुतर, चित्र कालो धब्बा मात्र हुन्छ। नानीहरूलाई बुझाउन समस्या छ। उनका अनुसार गाई, गैंडा, डाँफेलगायतका चित्र तिनको वास्तविक रंगसँग पटक्कै मेल खाँदैनन्।

पाठ्यक्रम विकास केन्द्रका अधिकृत श्रीहरि श्रेष्ठ पनि यो तथ्य स्विकार्छन्। पछिल्ला दिन अभिभावकबाट यस्ता गुनासा आउने क्रम बढेकाले सिकाइ उपलब्धिमूलक बनाउन अब कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक बहुरंगमा ल्याउन लागिएको उनले जानकारी दिए। 'अब नानीहरूले सम्बन्धित विषयवस्तुको वास्तविक रंगकै चित्र किताबमा देख्न पाउँछन्,' उनले भने, 'शैक्षिक सत्र २०७४ बाट १ देखि ३ सम्मका पाठ्यपुस्तक बहुरंगमा प्रकाशन गर्ने तयारी हुँदै छ।'

हाल कक्षा १–३ का पाठ्यपुस्तक दुई तथा ४–१० सम्मका पाठ्यपुस्तक एक रंग ९कालो र सेतो० मा मात्र छापिँदै आएका छन्।  सोमबार पाठ्यक्रम विकास केन्द्रका आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरलको १८ बुँदे प्रतिबद्धताअनुसार बहुरंगका पाठ्यपुस्तक छपाइ अघि बढाउन लागिएको जानकारी दिइयो।

हाल कक्षा १–३ का पाठ्यपुस्तक दुई तथा ४–१० सम्मका पाठ्यपुस्तक एक रंग ९कालो र सेतो० मा मात्र छापिँदै आएका छन्। सोमबार पाठ्यक्रम विकास केन्द्रमा आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरलको १८ बुँदे प्रतिबद्धताअनुसार बहुरंगका पाठ्यपुस्तक छपाइ अघि बढाउन लागिएको जानकारी दिइयो।

ुआगामी शैक्षिक सत्रदेखि सरकारी स्कुलका विद्यार्थीले वास्तविकतासँग सोझै मेल खाने चित्रहरू पाठ्यपुस्तकमा पाउनेछन्,ु अधिकृत श्रेष्ठले भने, ुयसले सिकाइ उपलब्धिमा समेत गुणस्तरीय सुधार ल्याउने अपेक्षा छ।ु

केन्द्रका उपनिर्देशक जयप्रसाद आचार्यले पनि अब पाठ्यपुस्तक छपाइमा बहुरंग प्रविधि प्रयोग गर्न प्रक्रिया सुरु भइसकेको जानकारी दिए। यसको लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको उनले बताए। ुबहुरंगमा छपाइ गर्नासाथ पाठ्यपुस्तक गुणस्तरीय हुन्छ,' उनले भने, 'यसले नानीहरूलाई विषयवस्तु बुझ्न सजिलो पर्छ, सिकाइ प्रक्रिया उपलब्धिमूलक हुन पुग्छ।'

कार्यक्रममा केन्द्रका उपनिर्देशक गेहनाथ गौतमले यस वर्षदेखि कक्षा ९ का अनिवार्य ६ विषयमा नयाँ पाठ्यपुस्तक लागू गरिएको बताउँदै शैक्षिक सत्र ०७४ देखि कक्षा १० को पाठ्यक्रम पनि फेरिन जानकारी दिए।

कक्षा ६–८ का गणित, विज्ञान तथा वातावरण, नैतिक शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, पेसा, व्यवसाय र प्राविधिक शिक्षा गरी पाँच विषयका पाठ्यपुस्तक अंग्रेजी भाषामा अनुवाद गरी जनकशिक्षा सामग्री केन्द्रमा छपाइ तथा वितरणका लागि पठाइएको जानकारी पनि उनले कार्यक्रममा गराए।

ुयस शैक्षिक सत्रबाट ५० प्रकाशनगृहका विभिन्न तह, कक्षा र विषयका थप पाठ्यसामग्री अगामी ३ वर्षसम्म विक्रीवितरण र प्रयोग गर्न सक्ने गरी स्वीकृतिसमेत दिएको छ,' उनले भने, 'विद्यालय शिक्षामा सूचनाप्रविधिमैत्री पाठ्यक्रम विकास गर्ने क्रममा कक्षा ६ र ७ का ६–६ विषयका पाठ्यपुस्तक इन्टर्यापक्टिभ डिजिटलमा तयार गरी एप्स निर्माणसमेत भइरहेको छ।'

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया