Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

दलकै संरक्षणमा विद्यार्थी अराजक

आइतबार, १९ बैशाख २०७३

काठमाडौँ, १९ बैशाख । विद्यालयदेखि विश्वविद्यालय शिक्षा ताथ मन्त्रालय मातहतका कार्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीमाथि विभिन्न निहुँमा कालोमोसो दल्ने, आक्रमण गर्ने विकृत गतिविधि पछिल्ला दिनमा बढ्दो छ ।  कननुनविपरित काम गर्नेमाथि उपचार खोज्नु कानुनी अधिकार हो । आफैँ प्रतिकारमा उत्रनु भने गैरकानुनी हुने सरोकारवाला बताउँछन् ।  

शिक्षाका पदाधिकारी नियुक्ति र सरुवामा आर्थिक चलखेल रहेसम्म् तोडफोड र मोसो दल्नेजस्ता विकृत गतिविधिले स्थान पाइरहने शिक्षविद विद्यानाथ कोइरालालको भनाई छ ।  एकतिर पदाधिकारीका भ्रष्ट प्रवृत्तिले जरो गाडेको छ । भने अर्कोर्तिर विद्यार्थी पनि आफ्नो कामकर्तव्य बिर्सेर चन्दा आतंक , बार्गेनिङ, ठेक्कामा लीन हुने प्रवृत्ति छ । 

शैक्षिक माग देखाउने मात्र हुने र मुख्य माग दलनिकटका शिक्षकलाई त्रिविमा नियुक्त गराउनु हुने पूर्वरजिष्टारहरुको भनाई छ ।  यस्ता घटनामा दलहरु केही नबोल्ने सानासाना निहुँमा विद्यार्थी प्रयोग गरी उनीहरुका क्षमता र सिर्जनात्मक शक्ति दुरुपयोग गर्ने क्रम बढिरहेको शिक्षाविदहरुको दुखेसो छ । 

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया