Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

जेहेन्दार विद्यार्थीको निम्ति अक्षयकोष

शनिबार, १८ बैशाख २०७३

काठमाडौँ, १८ वैशाख । फिदिमको विद्या वरदान इङलिस बोर्डिङ स्कुलमा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न उक्त विद्यालयकी संस्थापक बुद्धमाया माखिमले अक्षयकोष स्थापना गरेकी छन् ।  बुधबार विद्यालयमा आयोजित कार्यक्रममा बुद्धमायाले एक लाख रुपैयाँ रहेको अक्षयकोष आफ्नै नाममा स्थापना गरेको घोषणा गरे ।  

जिल्लाकै विद्यालयमा कार्यालय सहयोगीका रुपमा काम थालेकी उहाँले आफ्नै पहलमा तत्कालीन रानी ऐश्वर्यको हुकुमबाट २०४४ सालमा उक्त विद्यालय स्थापना गर्ने अनुमति लिएका थिए ।  पछिल्लो समयमा काठमाडौँमा बस्दै आउनुभएकी उनले आफ्नै छोरा एवम् विद्यालयको पहिलो विद्यार्थी जयराज माखिमको सहयोगमा उक्त अक्षयकोषको स्थापना गरेका हुन् ।  

उनले आफूले स्थापना गरेको अक्षयकोषमा थप रकम जम्मा गर्दै लैजान विद्यालय सञ्चालकलाई आग्रहसमेत गरे ।  स्थापित अक्षयकोषबाट प्रत्येक वर्ष कक्षा ५, ८ र १० मा उक्त विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका सञ्चालक चन्द्रप्रसाद भट्टराईले बताए ।  

अक्षयकोषको वृद्धि गर्ने जनाउँदै भट्टराईले प्रोत्साहन पुरस्कारबाट विद्यालयका विद्यार्थीले अझ राम्रो नतिजा ल्याउन सक्ने विश्वास लिइएको बताए ।  जिल्ला शिक्षा अधिकारी राजकुमार विकले माखिमले स्थापना गरेको अक्षयकोष सम्झन योग्य काम भएको बताउँदै अक्षयकोषलाई वृद्धि गर्दै लक्षित विद्यार्थीलाई पुरस्कृत गर्न आग्रह गरे । 

रासस 

 

प्रतिक्रिया