Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

दर्ता भएर पनि सञ्चालनमा नरहेका निजी विद्यालय बन्द

बुधबार, २८ माघ २०७१

भक्तपुर २८ माघ / दर्ता भएर सञ्चालनमा नरहेका ९ वटा निजी विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय भक्तपुरले प्रकृया अघि बढाएको छ । विभिन्न मितिमा दर्ता भएका तर कार्यालयबाट भएको अनुगमनका क्रममा सञ्चालनमै नरहेको भेटिएपछि बन्द गर्ने प्रकृया शुरु गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

बन्द गर्न लागिएका विद्यालयहरुमा मध्यपुर थिमी गठ्ठाघरको पुजा विद्या सागर स्कुल, थिमी ४ को शँखधर मेमोरियल स्कुल, थिमी १६ को सिन्दु एकेडेमी रहेका छन् । यस्तै बालकोट ठेगानाका दर्ता गरिएको स्टानफोर्ड ईन्टरनेशनल स्कुल, कटुञ्जेको ज्योतीज्ञान एकेडेमी र ब्राईटल्याण्ड ईङ्लिस स्कुल रहेका छन् ।

यसैगरी भक्तपुर नगरपालिका १६ को ठेगानामा दर्ता भएको ग्रेसल्याण्ड पब्लिक स्कुल, सुडालको फ्रेण्डसिप एकेडेमी र कटुञ्जेको एम्बिसन ईङ्लिस स्कुललाई पनि बन्द गर्ने प्रकृया शुरु गरेको कार्यालयले जनाएको छ ।

खारेज गर्नु नपर्ने कुनै कारण भए १५ दिन भित्र कार्यालयमा उपस्थित भई प्रमाण पेश गर्न सार्वजनिक सूचना गरिएको शर्माले बताए ।
यस अघि गएको पुसमा २५ वटा प्राथमिक तहका संस्थागत विद्यालय र ३ वटा माध्यामिक विद्यालय बन्द गरिसकेको कार्यालयले जनाएको छ ।

बन्द गरिएका माध्यामिक विद्यालयले एसएलसीमा शुन्य नतिजा ल्याएका तथा सञ्चालनमै नरहेको कारणले बन्द गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया