काठमाडौँ, १७ वैशाख । नयाँ शैक्षिकसत्र सुरु भएको दुई साता भइसके पनि बाँके जिल्लाका ६ देखि १० कक्षासम्मका सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक अझै नपाएको गुनासो गरेका छन् ।
जिल्लाका प्राथमिक तहका विद्यार्थीमा यो समस्या नभए पनि निम्न माध्यमिक र माध्यमिक तहमा भने पाठ्यपुस्तक अझै पुग्न नसकेको जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बताए ।
कक्षा ६ देखि १० सम्मका केही विद्यार्थीले फाट्टफुट्ट किताब पाए पनि सबै पाठ्यपुस्तक पाउन नसकेको अभिभावकले गुनासो पोखेका छन् । सरकारले वैशाख १५ सम्म सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने लक्ष्य लिए पनि अन्यत्र जस्तै बाँकेमा पाठ्यपुस्तकको अभावमा विद्यार्थीको अध्ययन प्रभावित भएको छ ।
रासस
प्रतिक्रिया