काठमाडौँ, १७ वैशाख । नर्थ इष्ट इङ्लिस स्कूल भक्तपुरको बसले १८ महिनाको बालिकालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । खलासीसमेत नभएको बा५ख ५१०१ नंको बसले चाँगुनारायण नगरपालिका झौखेलस्थित हनुमान इँटाभट्टा अगाडि बालिका कृतिका कुसाथालाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
बसको ठक्करले घाइते बालिकाको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए । ठक्कर दिने बस र बसका चालक चाँगुनारायण नपा–१७ बस्ने ५८ वर्षीय केदार सुलुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस
प्रतिक्रिया