Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

‘झोले’ विद्यालयका २ विरुद्ध अख्तियारको मुद्धा

शुक्रबार, ०१ फागुन २०७१

काठमाडौं १ फागुन / सिराहको मिर्चैया – ५, जिवाटोलको ठेगाना राखेर खोलिएको भनिएको विद्यालय ‘झोले’ रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विरुद्ध मुद्धा हालेको छ ।

सञ्चालननै नभएको विद्यालयको फर्जि कागजात बनाई सरकारी रकम निकालेको दावी सहित प्रअ रत्ना सापकोटा र अध्यक्ष राम नारायण महरा विरुद्ध मुद्धा हालेको अख्तियारले जनाएको छ । उनीहरु उपर ८ लाख ९२ हजार सात सय ६४ रुपैंया विगो कायम गरिएको छ ।

उनीहरुले भौतिक निर्माण, तलब लगायतका शिर्षकमा रकम निकालेको अख्तियारको दावी छ ।

प्रतिक्रिया