Edukhabar
मंगलबार, २० फागुन २०८१
अन्तैवाट

पुस्तकको मूल्य आफूखसी राख्नेलाई उन्मुक्ति

मंगलबार, १४ बैशाख २०७३

काठमाडौँ, १४ बैशाख । शिक्षा मन्त्रालयले तीन वर्षअघि निर्धारण गरेको मुल्य भन्दा बढी राखेर कालोबजारी गर्ने पुस्तक प्रकाशकलाई उन्मुक्ति दिने तयारी गरेको छ । ०६९ मा प्रति पेज कति मुल्य राख्ने भन्ने शिक्षा मन्त्रालयले निर्धारण गरेको थियो । 

प्रकाशकहरुले निर्धारित मुल्य भन्दा दुई सय प्रतिशतसम्म बढी लिएको पुष्टि हुदा पनि कारबाहीको दायरामा नल्याई मुल्य समायोजन गरेर उन्मुक्ति दिन लागेको हो । ०७० मा सिफारिस गरेको मुल्य कायम गरेर पुस्तक प्रकाशकको बदमासीलाई प्रशय दिन लागेको हो ।प्रकाशकहरुले आफूखुसी मुल्य राख्दा ११ लाख ६० हजार भन्दा बढी अभिभावक ठगिएका छन् । एक जना अभिभावकले एक सेट पुस्तक किन्दा कम्तीमा पाँच सय रुपैयाँ ठगिएका छन् । पाठ्यक्रम विकास केन्द्रले बढी मुल्य राखेर कालोबजारी गर्ने प्रकाशकलाई कारबाहीका लागि प्रहरी प्रशासनलाई जिम्मा लगाउनु पर्नेमा उनीहरुले तोकेको मुल्यकै हाराहारीमा कायम गर्न लागेको हो । ुबढी मुल्य लिएको पाइएपछि पहिला कारवाही हुने गरेपछि मात्रै मुल्य समायोजना गर्नु पर्ने हो,ुमन्त्रालयका एक अधिकारीले भने,ुतर, मुल्य समायोजन गरेर प्रकाशकहरुलाई कारबाहीबाट बचाएको छ ।ु

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले प्रकाशकले कालोबजारी गरेर ११ लाख ६० हजार अभिभावक ठगिएको पाइएपछि अनुसन्धान सुरु गरिरहेको छ । प्रहरीले प्रकाशकलाई नियन्त्रणमा लिन सक्ने भएपछि मन्त्रालयले नै मुल्य समायोजन गर्न लागेको हो । ुयसअघि बहुरंगको एक रुपैयाँ ३१ पैसा कायम गरेकोमा अब १४ पैसा बढाउँन लागेको हो,ुस्रोतले भन्यो । यो मुल्य पाँच हजार भन्दा कम पुस्तक छपाई गरेमा मात्रै हो । तर, प्रकाशकहरुले एउटा बिषयको कम्तीमा पनि १० हजार प्रति छाप्छन् । 

प्रकाशकहरुले सरकारी निर्णयको बेवास्ता गर्दै आफूखुसी मुल्य लिने भन्दै विज्ञप्ती जारी गरेको छ । पाठ्यक्रम विकास केन्द्रले ०६९ मा निधररण गरेको मूल्य कायम गर्न समय दिएपछि नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले मुल्य बढाएर लिने चेतावनी दिएको छ । ु०६९ मा शिक्षा मन्त्रालयबाट स्वीकृत मूल्य मापदण्ड, ०७० मा केन्द्रबाट सिफारिस मुल्य र भूकम्प, राष्ट्र बैकले प्रक्षेपण गरेको मुद्रा स्प्रmीतिलाई मध्यनजर गर्दै निजी पुस्तक प्रकाशकहरुबाट कायम गरी बेचबिखन गरिएको मुल्यलाई विश्लेषण गर्दै समय सापेक्ष स्वीकृत गरिने मूल्य मादपण्डलाई मान्ने प्रतिबद्धता जाहेर गर्दछौ,ुदुई संस्थाले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ । 

अधिकांश अभिभावकले पुस्तक खरिद गरिसकेका छन् । पुस्तक खरिद गरिसकेका अभिभावकहरुले ठगिएका रकम फिर्ता पाउनु पर्ने उपभोक्ताबादी संघ संस्थाले माग राखेका छन् । 'बिक्रि भइसकेको त फिर्ता गर्न सम्भव हुदैन,'महासंघका अध्यक्ष हरी अर्यालले भने,ुसरकारले मुल्य समायोजन गर्ने प्रक्रिया अघि बढाएको छ । अब निधारित मुल्य अनुसार बिक्रि गर्न सूचना जारी गर्छौ ।' 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया