काठमाडौँ, १३ बैशाख । शुक्रवार लागेको हावाहुरीले विद्यालयको छाना उडाउँदा विद्यार्थी विचल्लीमा परेका छन्। चन्दननाथ नगरपालिका २ आचार्यवाडा स्थित मालिका निमाविको छाना हावाले उडाएपछि पढाई प्रभावित भएको हो। विद्यालयका प्रधानाध्यापक दीपनाथ आचार्यले हावाहुरीले चार कोठाको जस्ता छाना उडाएको जानकारी दिए।
उनका अनुसार विद्यालय भवनको छाना झण्डै पाँच सय मिटर तल सम्म उडाएको छ । जस्तापातासंगै काठ समेत उडाएको स्थानीयले जानकारी दिए। अहिले विद्यालयका २ सय १० विद्यार्थी खुला आकाशमा पढ्न बाध्य छन्। हावाले उडाउनुका साथै पर्खाल समेत भत्काएको छ। हावाले भत्काएको भवन निर्माणका लागि अझै एक महिना लाग्ने विद्यालयले जनाएको छ।
तत्काल विद्यालयको पढाई नियमित गर्न जिल्ला दैवि प्रकोप उदार समिती,, शिक्षा कार्यालय तथा शिक्षासंग सरोकार राख्ने गैरसरकारी सस्थालाई आग्रह गरिएको छ।
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया