Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

शिक्षामा प्रगतिशील करको माग

आइतबार, १२ बैशाख २०७३

काठमाडौं - शिक्षामा बजेट वृद्धि तथा शिक्षा बजेटको सुनिश्चितताको लागि राज्यले प्रगतिशील कर लगाउनुपर्ने माग सहित प्रदर्शन गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको संयोजकत्वमा आयोजित शिक्षामा वित्त व्यवस्थापनको माग सहित गरिएको प्रदर्शनमा सहभागिहरुले शिक्षा क्षेत्रको विकासका लागि करको विशेष अनुपात शिक्षामा लगानी गर्नुपर्ने, ठूलाठूला कम्पनीहरुले गर्दै आएका करछली बन्द गर्नुपर्ने जस्ता सन्देश सहितका प्लेकार्ड बोकेका थिए । कार्यक्रम विश्वव्यापी कार्य सप्ताह २०१६ को अवसरमा गरिएको अभियनले जनाएको छ ।

'मैले तिर्ने कर : शिक्षामा लगाउने रहर' भन्ने नारा सहित विश्वव्यापी कार्य सप्ताह मनाउने क्रममा पहिलो दिन प्रदर्शन गरिएको अभियानले जनाएको छ । कार्यक्रममा सार्वजनिक शिक्षाको बजेट वृद्धि गरि नेपालको संविधान २०७२ ले सुश्चित गरेको शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्ने माग समेत गरिएको छ ।

प्रदर्शनी पछि विभिन्न संघसंस्थाका प्रतिनीधि, शिक्षा अधिकारकर्मी, दलका प्रतिनीधीहरुले सबै बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न राज्यले सार्वजनिक शिक्षामा लगानी बढाउनुपर्ने कुरामा जोड दिए । अभियानका अध्यक्ष राजकुमार गन्धर्वले राज्यले सार्र्वजानिक शिक्षाको बजेट बृद्धि गरि अन्तराष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता पूरा गर्नु पर्ने बताए । कार्यक्रममा एमाले शिक्षा विभाग उपसंयोजक सीता पौडेल, तरुण दलका कार्यबाहक अध्यक्ष राधा घले, शिक्षक महासंघका सहअध्यक्ष रत्न ओली, विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा, शिक्षाकर्मी बाबाुराम अधिकारी लगायतले बोलेका थिए ।

फोटो : अभियानका महासचिव प्रकाश सिलवालको फेसबुकबाट

प्रकाशित मिति २०७३ बैशाख १२ गते

प्रतिक्रिया