Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

समेष्टरमा फर्म भर्ने पनि प्रबेश परीक्षामा आएनन्

शनिबार, ०२ फागुन २०७१

काठमाडौं २ फागुन / त्रिभुवन विश्वविद्यालयको समेष्टर प्रणाली अन्र्तगत शिक्षा र ब्यवस्थापन संकायमा पनि फर्म भरेका सबै विद्यार्थीले प्रबेश परीक्षामा सहभागिता जनाएनन् ।

शिक्षा शास्त्रमा कोटा भन्दा कम विद्यार्थी मात्रै प्रबेश परीक्षामा सहभागि भए । शनिबार भएको प्रबेश परीक्षामा शिक्षा शास्त्र तर्फ जम्मा ६ सय ९४ जना विद्यार्थी सहभागि भए । शिक्षा शास्त्र संकायमा १४ सय कोटा निर्धारण गरिएको छ । माघ १५ सम्म म्याद राखेर फर्म खोल्दा जम्मा ६ सय ७४ जनाको मात्रै आवेदन परेको थियो । कोटा भन्दा कम विद्यार्थी भएको भन्दै २५ गते सम्म आवेदन लिदाँ पनि जम्मा ७ सय ३९ जनाले मात्रै फर्म भरेका थिए । ती मध्ये पनि प्रबेश परीक्षामा सहभागि विद्यार्थीको संख्या घट्यो ।

यस्तै ब्यवस्थापन तर्फ फर्म भरेका ५ सय २६ मध्ये जम्मा ४ सय २९ जना मात्रै परीक्षामा सहभागि भएका डिन देवराज अधिकारीले जानकारी दिए । ब्यवस्थापन तर्फ ३ सय कोटा निर्धारण गरिएको छ ।

समेष्टर प्रणालीमा निर्धारण गरिएको कोटा नै नपुग्ने गरी विद्यार्थी सहभागि भएपछि आवश्यक तयारी विना शुरु गरिएको भन्दै समेष्टर प्रणालीको विरोध गरेका विद्यार्थी संगठनहरुलाई थप बल पुगेको छ ।

यो पनि पढ्नुहोस्

त्रिविका स्नातक स्नातकोत्तर पढ्न अयोग्य

प्रतिक्रिया