Edukhabar
शुक्रबार, ३० कार्तिक २०८१
खबर/फिचर

विद्यार्थीहरु फेरी आन्दोलित ! सहमति कार्यान्वयन गराउन कार्यदल गठन

शुक्रबार, १० बैशाख २०७३

काठमाडौँ – विभिन्न कारण देखाएर स्ववियु निर्वाचनका लागी अटेर गर्दै आएको त्रिभुवन विश्वविद्यालय र भर्ना शुल्कका नाममा चर्को शुल्क असुल्ने नीजि विद्यालय सञ्चालकविरुद्ध विभिन्न विद्यार्थी संगठन फेरी पनि आन्दोलित हुने भएका छन् । 

बिहीबार नेपाली कांग्रेसको विद्यार्थी भा्रतृ संगठन नेपाल विद्यार्थी संंघको केन्द्रीय कार्यालय धोबीधारामा बसेको विद्यार्थी संगठनहरुको बैठकले दबाबमुलक आन्दोलन गर्ने निर्णय गरेका हुन् । भर्ना शुल्कका नाममा नीजि विद्यालयले गर्दै आएको मनपरी शुल्क असुलीविरुद्ध शुरुवाती चरणमा विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग विद्यार्थी संगठनले गरेका छन् । 

गत बर्ष बैशाखमा नीजि विद्यालय सञ्चालक, शिक्षा मन्त्रालय र विद्यार्थी संगठन बीच  वैज्ञानिक शुल्क निर्धारण मापदण्डअनुसार मात्रै शुल्क लिने, नीजि विद्यालयको अनुगमन र मुल्यांकनलाई कडाईका साथ शुरु गर्नुपर्ने लगायत १० बुँदे सहमति भएको थियो । सो सहमति सरकार, नीजि विद्यालय दुबैबाट पनि कार्यान्वयन नभएपछि विद्यार्थी संगठनले फेरी आन्दोलनको चेतावनी दिएका हुन् । 

यसअघि कालोबजारी र महंगीका विरुद्ध आन्दोलन गरेका विद्यार्थी संगठनले शुरुवातमा सरकारसंग भएका सहमतिलाई कार्यान्वयन गर्न आवश्यक दबाब दिनका लागी सबै संगठनका तर्फबाट एक÷एक जना प्रतिनिधि रहने गरी कार्यदल पनि गठन गरेको छ । 

कार्यदलले दिने सुझावका आधारमा दवावमुलक कार्यक्रम सुरु गर्ने बैठकमा सहभागी नेविसंघ प्रवक्ता यूपी लामिछानेले एडुखबरलाई जानकारी दिए ।लामिछानेका अनुसार सुझावसहितको प्रतिवेदन बुझाउन कार्यदलललाई ६ दिनको समय दिइएको र त्यही सुझावका आधारमा आगामी बैठक बसेर  आन्दोलनका कार्यक्रम तय गरिने छ ।

यसैबीच विद्यार्थी संगठनले विभिन्न कारण देखाएर त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गराउन आलटाल गरेकोप्रति बैठकमा छलफल गर्दै तत्काल स्ववियु निर्वाचनको मिति तोक्न माग गरेको छ । 

विद्यार्थी संगठनबीचकै निहुँ देखाएर त्रिवि स्ववियु निर्वाचन गराउन पछाडी सरेको भन्दै तत्काल निर्वाचनको मिती नतोके कडा किसीमको आन्दोलन गर्ने पनि उनीहरुले चेतावनी दिएका छन् । 

प्रकाशित मिति २०७३ बैशाख १० गते ।

प्रतिक्रिया