दाङ - शिक्षा मन्त्रालयले ठूलै तामझामका साथ भर्ना संगै निःशुल्क पाठ्य पुस्तक वितरण अभियान चलाईराखे पनि जिल्लामा अझै पर्याप्त पाठ्यपुस्तक पुगेको छैन ।
प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु र मन्त्रीहरुलाई समेत पाठ्यपुस्तक वितरणमा सहभागि गराउने निर्णय भएको छ ।
तर, अभियान शुरु भएको एक हप्ता हुन लाग्दा समेत जिल्लामा २० हजार वढि पुस्तक सेट अपुुग रहेको छ ।
'हामी सवैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले ५ वर्ष देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा भित्र्याउन बैशाख २ गते देखि १४ गते सम्म भर्ना अभियान र ५ गते देखि १५ गते सम्मलाई निःशुल्क पाठ्य पुस्तक वितरण अभियानका रुपमा मनाईरहेको छ ।
तर, जनक शिक्षा सामग्री केन्द्रले उपलब्ध गराउनुपर्ने पाठ्पुस्तक यस वर्ष पनि आंशिक रुपमा मात्रै जिल्लामा आएको छ ।
कक्षा ६ र ७ को पुस्तकको धेरै समस्या भएको पुस्तक व्यवसायि महासंघ दाङका अध्यक्ष धनश्याम वरालले जानकारी दिए । त्यसमा पनि कक्षा ६ को लागि मात्रै झण्डै ६ हजार सेट पुस्तक अभाव रहेको र सात कक्षामा पनि समस्या त्यस्तै रहेको उनले बताए ।
प्राथामिक तहका लागि पुस्तकको समस्या नभएको भए पनि अन्य तहको समस्या धेरै छ । प्राथमिक तहका लागि गत वर्षको स्टक र अहिले पनि पुस्तक आएकाले समस्या नभएको बरालले बताए ।
जनक शिक्षाले प्राप्त पुस्तक उपलब्ध नगराउँदा र पुस्तक लिन नेपालगञ्ज जानुपर्ने भएकाले पनि बढि समस्या भएको व्यवसायीहरु बताउँछन ।
जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनाली विगतको जस्तो पुस्तक अभाव नरहेको दावी गरेका छन् । जिल्लामा प्रावि तहमा ५५ हजार सेट पाठ्यपुस्तक , निमावि तहमा ३२ हजार सेट पाठ्य पुस्तक र मावि तहमा १६ हजार सेट पाठ्य पुस्तक आवश्यक पर्छ ।
पाठ्यपुस्तकको व्यवस्थापनका लागि विद्यालयलाई आवश्यक रकम फागुन महिनामा नै निकासा गरिएको उनले जानकारी दिए । जिल्लामा प्राथमिक तहका लागि ५९ लाख ३९ हजार ६ सय १७ रुपैया, निमावि तहको लागि १ करोड ४० लाख ८ हजार ५ सय २४ रुपैया, मावि तहको लागि ४७ लाख ३९ हजार ८ सय ७१ रुपैया विद्यालयमा निकासा गरिसकिएको छ ।
अभियानको दोश्रो चरणमा वैशाख १५ देखि मसान्त सम्म घरदैलो कार्यक्रमम गर्ने विभागले जनाएको छ । यो चरणमा विद्यालय नआउने बालबालिकाको घरमै पुगेर अभिभावकहरुसगं अन्तकृया गरी विद्यार्थीलाई विद्यालयमा भर्ना गर्न लगाउने रहेको छ ।
यो पनि पढ्नुहोस् :
पाठ्य पुस्तक वितरण अभियान : गुनासो सुन्ने व्यक्तिनै उठाउँदैन् फोन !
प्रकाशित मिति २०७३ बैशाख ९ गते
प्रतिक्रिया