काठमाडौँ, ९ बैशाख । नक्कली चिकित्सक जस्तै देशमा ठूलो संख्यामा नक्कली इन्जिनियर पनि रेहेका खुलेको छ । पाइलटहरुको पयिन शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाका आधारमा प्रहरीले छानबिन अघि बढाएको छ ।
नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरिङ पास नै नभई प्रमाणपत्र लिएका नौजनाको लाइसेन्स रद्द गरेको छ । परिषदले नक्कली इन्जिनियरमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । ठूलो संख्यामा नक्कली इन्जिनियर रहेको आशंकामा थप अनुसन्धान पनि थालिएको छ ।
यस्तै केही पाइलट पनि नक्कली भएको सूचनाका आधारमा प्रहरीले छानविन थालेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरेर अनुसन्धान अघि बढाइएको सिआबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।
पहिलो चरणमा ५९ पाइलटको प्रमाणपत्र छानबिन अघि बढाइएको सिआइबीका एसपी तारिणीप्रसाद लम्सालले जानकारी दिए ।
(नयाँपत्रिका दैनिकमा प्रकाशित)
प्रतिक्रिया