काठमाडौँ, ९ वैशाख । प्रधानाध्यापकले आफूखुसी कर्मचारी नियुक्त गरेको जनाई सप्तरी, शम्भुनाथ नगरपालिका–२ स्थित राष्ट्रिय प्रावि खेरबोनामा तालाबन्दी गरिएको छ ।
विद्यालयका प्रअ कुनदेव यादवले व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई नीलम यादवलाई कार्यालय सहायकमा नियुक्त दिएको भन्दै विद्यालयमा तालाबन्दी गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
यादवले सो नियुक्ति खारेज नगरेसम्म तालाबन्दी यथावत् रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण मण्डलले बताए । प्रअ यादवले आफूले आफूखुसी कर्मचारी नियुक्त नगरी जिल्ला शिक्षा कार्याललाई जानकारी दिएको र यसमा व्यवस्थापन समितिका केही पदाधिकारीको समेत सहमति रहेको बताए ।
विद्यायलमा एक्कासि तालाबन्दी भएपछि विद्यार्थीको पढाइमा असर परेको स्थानीयवासीले बताएका छन् ।
रासस
प्रतिक्रिया