काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवम् पोखरा विश्ववद्यालयका कुलपति केपी शर्मा ओलीले समयसापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताएका छन् । पोखरा विविको १३ औँ दीक्षान्त समारोहलाई बुधबार विश्वविद्यालय परिसर लेखनाथमा सम्बोधन गर्दै उनले शिक्षा भ्रष्टाचाररहित, अनुशासित एवम् मर्यादित हुनुपर्नेमा जोड दिए ।
दीक्षित विद्यार्थीलाई राष्ट्रिय हित र समुन्नतिका लागि योगदान गर्न पनि उनले आग्रह गरे । समारोहमा राष्ट्रकवि माधव घिमिरेले शिक्षा अनुसन्धानमूलक हुनुपर्ने बताएका थिए ।
“हामीसँग भएको अपार स्रोतसाधनको उपयोग गर्ने शिक्षा आजको आवश्यकता हो ”, उनले भने । विसं २०५४ स्थापित सो विश्वविद्यालयबाट आयोजित समारोहमा स्नातक, स्नातकोत्तर र एमफिलका गरी करिब चार हजार ५०० विद्यार्थी दीक्षित बनेका छन् ।
रासस
प्रतिक्रिया