Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विद्यालयलाई बन्द हडताल मुक्त घोषणा

बुधबार, ०८ बैशाख २०७३

काठमाडौँ, ८ वैशाख । पुनर्वास नगरपालिकाको बलभद्र बस्तीमा रहेको जनशक्ति निमाविलाई कञ्चनपुरकै पहिलो बन्द हडताल मुक्त विद्यालय घोषणा गरिएको छ ।  विद्यालयको पठनपाठन बन्द हडतालले प्रभावित भई विद्यार्थीको भविष्य अन्योलमा पर्न थालेपछि सोमबार विद्यालयलाई बन्द हडताल मुक्त घोषणा गरिएको हो ।  

विगतमा बन्द हडतालका कारण विद्यालय क्षेत्र नराम्ररी प्रभावित भएकाले बालबालिकाको पढ्ने नैसर्गिक अधिकार सुरक्षित होस् भनेर बन्द हडताल मुक्त विद्यालय घोषणा गरिएको विद्यालयका प्रअ टेकबहादुर विश्वकर्माले बताए ।  कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले विद्यालयलाई बन्द हडताल मुक्त पार्ने कार्यमा सघाउ पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले विद्यालयलाई बन्द हडताल मुक्त गर्ने कार्य प्रशंसनीय भएकाले यसलाई जिल्लाभरिका विद्यालयमा पु¥याउनुपर्ने बताए ।  जिल्लाकै नमुना विद्यालयका रुपमा परिचित रहको सो विद्यालयमा अभिभावकको सहयोगमा एक बिघा क्षेत्रफलमा विभिन्न ४८ प्रजातिका बिरुवा लगाएर विद्यालयको वातावरणलाई आकर्षक र रमणीयसमेत बनाइएको छ ।  

विद्यालयमा पौडी पोखरी निर्माण समेत थालिएको छ । विसं २०४० मा स्थापित सो विद्यालयमा पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।  

रासस 

 

प्रतिक्रिया