Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

शिक्षकलाई अस्थायी बनाए मात्रै सुधार हुन्छ : शिक्षा सचिव पण्डित

आइतबार, ०३ फागुन २०७१

गैंडाकोट ३ फागुन / शिक्षा सचिव विश्वप्रकास पण्डितले शैक्षिक अभिबृद्धिका लागि देशभरका शिक्षकलाई अस्थायी बनाउनुपर्ने बताएका छन् । शिक्षक तथा कर्मचारी अस्थायी भएका संसारका विकसित मुलुकको कार्यसम्पादन उत्कृष्ट भएको भन्दै उनले स्थायी भन्ने मानसिकताले गतिलो काम हुन नसकेको बताए ।

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानको २७ औं श्रृखला अन्र्तगत नवलपरासी गैँडाकोटको कालिका उच्च माध्यामिक विद्यालयमा आईतबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘नो वर्क, नो पे को अवधारणा अनुसार अघि बढ्नु पर्छ’ उनले भने, ‘शिक्षकको मुल्याँकन  कार्य सम्पादनका आधारमा मात्रै हुनु पर्छ ।’
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न जिल्ला शिक्षा कार्यालय नवलपरासी सहित विभिन्न संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको हो । 

कार्यक्रममा प्रा.डा. विद्यानाथ कोइरालाले शैक्षिक गुणस्तरका लागि शिक्षकको संस्कार र आत्मबल विकास गर्नु पर्ने बताए । जिल्ला शिक्षा अधिकारी खडकबहादुर कमालले, सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढ गरी  एसएलसी परिक्षाको  नतिजा ६० प्रतिशत पु¥याउन अभियानले सघाउने अपेक्षा गरे ।

कार्यक्रममा सार्क शिक्षक महासंघका अध्यक्ष मोहन ज्ञवाली, शिक्षक संघका उपाध्यक्ष तिलक कुँवर, राष्ट्रपतिका प्रेस  सल्लाहकार तथा शिक्षक मासिकका प्रधान सम्पादक राजेन्द्र दाहाल, सूर्योदय प्रतिष्ठानका अध्यक्ष हरि थापा, कालिका उच्च माविका अध्यक्ष करुणा सागर सुवेदी लगायतले शैक्षिक विकासको लागि राज्यको नीति र शिक्षकहरुको नियत बदल्नु पर्ने बताए ।

कार्यक्रमा शिक्षा सचिव पण्डितले शिक्षकका जिज्ञासाको उत्तर दिएका थिए ।  अभियान अन्र्तगत सोमबार बेलटारीमा कार्यक्रम हुँदै छ भने त्यस पछि रुपन्देहीमा कार्यक्रम गर्ने योजना रहेको सूर्योदय प्रतिष्ठानका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया