Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

बसको ठक्करबाट श्रोत व्यक्तीको मृत्यु

बुधबार, ०८ बैशाख २०७३

काठमाडौँ, ८ बैशाख । रामेछापको मन्थली स्थित बिनीता चोकमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परी जिल्ला शिक्षा कार्यालय रामेछापमा कार्यरत श्रोत व्यक्ति भिमवहादुर थापाको ज्यान गएको छ । अर्का श्रोत व्यक्ति नारायणहरी सुवेदी घाईते भएका छन् । 

थापा सवार मोटरसाइकललाई विपी यातायातको ना ४ ख ९००५ नम्बरको बसले ठक्कर दिएको थियो । घाईते सुवेदीले चलाएको मोटरसाइकलमा पछाडि बसेका थापाको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख मोहनकुमार परियारले वताए । 

जन्ती बोकेर रामेछापको फुलासीबाट सिराहा जादै गरेको उक्त बसका चालक बर्दीबास निवासी काले तामाङ्गलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनामा परि घाईते भएका सुवेदीलाइ तामाकोसी सहकारी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उक्त अस्पतालका चिकित्सक केशवसिं धामीका अनुसार उनको अवस्था सामान्य छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया