Edukhabar
आइतबार, ०९ मंसिर २०८१
खबर/फिचर

समेष्टरको रिजल्ट सहायक डीनको घरमा !

मंगलबार, ०५ फागुन २०७१

काठमाडौं ५ फागुन / त्रिभुवन विश्वविद्यालयको समेष्टर प्रणाली अन्र्तगत शिक्षा शास्त्र संकायको परीक्षाफल प्रकाशित भएपनि विद्यार्थीले थाह पाउन सकेका छैनन् । डीन कार्यालयको लापरवाहिका कारण सोमबार प्रकाशित भएको नतिजा सार्वजनिक हुन नसकेको हो ।

परीक्षाफल प्रकाशित भएको खवर सार्वजनिक भएपछि सोमबार राति अवेर सम्म विद्यार्थीहरु नतिजा सार्वजनिक हुने आशामा विभागमा कुरी रहेका थिए । नतिजा प्रकाशित भएर पनि सार्वजनिक नभएपछि मंगलबार विहानै पनि केही विद्यार्थी विभाग पुगेका थिए ।

परीक्षा नियन्त्रण महाशाखा प्रमुख समेत रहेका सहायक डीन नेत्र प्रसाद धितालले परीक्षाफलको सबै कागजात आफ्नै नियन्त्रणमा राखेको श्रोतले बतायो । तर, धितालले सोमबार अबेर परीक्षाफल प्रकाशित भएकोले सार्वजनिक गर्न नसकेको बताए । ‘परीक्षाफल लिन विभागबाट मान्छे आउनु पर्ने थियो, तर कार्यालय समयमा कोही पनि नआएपछि सार्वजनिक गर्न सकिएन’ उनले भने, ‘आज विदा भईहाल्यो अव भोलि सार्वजनिक हुन्छ ।’ 
परीक्षाफल प्रकाशित भएपछि विभागले रिजल्ट लिन पठाएका कर्मचारीलाई धितालले नदिएको विभाग श्रोतले बतायो । ‘आफ्ना मान्छेलाई पास गराउन उनले नतिजा प्रकाशित भएर पनि सार्वजनिक नगरेका हुन्’ श्रोतको दावी छ ।  प्राध्यापकमा बढुवा प्रयोजनका लागि धितालले अर्कैको कृति पेश गरेको खुलासा भएको थियो । 

प्राध्यापक हुन अर्कैको कृति !

गएको शनिवार भएको शिक्षा र ब्यवस्थापन संकायको प्रबेश परीक्षा मध्ये ब्यवस्थापनको नतिजा भने सार्वजनिक भएको छ । 

ब्यवस्थापन तर्फ फर्म भरेका ५ सय २६ बाट प्रबेश परीक्षामा सहभागि ४ सय २९ जना मध्ये २ सय ९५ जना पास भएका डीन देवराज अधिकारीले जानकारी दिए ।  ब्यवस्थापन तर्फ ३ सय कोटा निर्धारण गरिएकोमा ५ कोटा पुरा नभएको हो । जनजाति तर्फको कोटामा आवश्यक ६० सिट मध्ये ५५ जनाले मात्रै नाम निकालेका छन् ।

शिक्षा शास्त्र संकाय तर्फ जम्मा ६ सय ९४ जना विद्यार्थी सहभागि थिए ।

समेष्टरमा फर्म भर्ने पनि प्रबेश परीक्षामा आएनन्

त्रिविका स्नातक स्नातकोत्तर पढ्न अयोग्य

प्रतिक्रिया