काठमाडौँ, २ बैशाख सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउन स्यांजामा स्वागत गर्ने कार्यक्रमलाई अभियानका रुपमा चलाइने भएको छ । बिहीबारदेखि शुरु हुने अभियान सबै विद्यालयमा प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
निमित्त जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाले भर्ना दर बढाउन बालबालिकालाई खुशी राख्ने र त्यसका लागी भर्ना अभियानमा स्वागत गरिने बताए । बैशाख ५ गते निशुल्क पाठ्यपूस्तक वितरण गर्ने कार्यक्रमका साथै भर्ना अभियानलाई थप जोड दिने पनि उनको भनाई छ ।
यसअघि नै साक्षर जिल्लाका रुपमा घोषित स्यांजा आधारभुत शिक्षा सुनिश्चित जिल्ला घोषणा हुने तयारीमा छ ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया