Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

शिक्षक नियुक्ति ढिलाईले पढाईमा बाधा

विहीबार, ०२ बैशाख २०७३

काठमाडौँ, २ बैशाख । अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको अभाव जाजरकोटमा भएको छ ।  शिक्षक अभावले विषयगत पठनपाठन समस्या भई शैक्षिक गुणस्तरमा ह्रास समेत आएको छ । 

शिक्षक दरबन्दी पाएका विद्यालयले पनि महिनौसम्म शिक्षक नियुक्ति गर्न आलटाल गर्दै आएको पाइएको छ ।  शिक्षक नियुक्ति नहुँदा उमावि र मावि तहको पठनपाठनमा बाधा पुगेको छ। 

राजनीतिक दलका नेताको दबाब, आर्थिक प्रलोभन र उजुरीका कारण नियुक्तिमा ढिलाई भएको पाइएको हो । 

जनप्रिय उच्च मावि दशेराले ४, वीरेन्द्र उमावि जुगाथाचौरले ४, आदर्श मावि लुहादले १, भानुभक्त उमावि लतहँले १, जनता उमावि पंैकले २, पञ्चभैयार मावि जिकुवाले २, भगवती मावि अर्छानीले १ र नारायणी उमावि कार्कीगाउले १ दरबन्दीमा शिक्षक नियुक्ति गर्न नसकेको शाखा अधिकृत योगेश्वर खत्रीले बताए । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया