Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

दुई डीन नियुक्त

आइतबार, २८ चैत्र २०७२

सुर्खेत - मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा रिक्त रहेको बिज्ञान तथा प्रविधि सङ्कायको डीनमा प्रा. डा. देब बहादुर खड्का र मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डीनमा सह प्रा. खोपिराम लम्साल नियुक्त भएका छन् । खड्का रसायनशास्त्रका हुन् भने लम्साल  नेपाली विषयका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा, उपेन्द्र कुमार कोइरालाले विश्वविद्यालय निर्माण गर्ने अभियानमा विश्वविद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू उपकुलपति सरह नै भएको भन्दै जिम्मेवार हुनुपर्ने बताए । डीनद्वयको नियुक्तिले विश्वविद्यालयको शैक्षिक प्राज्ञिक र प्रशासनिक विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले नयाँ नियुक्तिले विश्वविद्यालयको विकास र विस्तारमा योगदान हुने अपेक्षा गरे । नव नियुक्त डीन खड्काले विज्ञान तथा प्रविधिको विकासमा उच्च शिक्षा मार्फत अगाडी बढाउन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यसैगरी अर्का नव नियुक्त डीन लम्सालले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्म निरन्तर रुपमा हरेक अभियानमा सामेल  भएको अनुभवलाई समेत उपयोग गरी विश्वविद्यालयलाई प्राज्ञिक र प्रशासनिक रुपमा विधि र प्रक्रिया सम्मत तरिकाले अगाडी बढाउन सबैको सहयोग र समर्थन हुनेमा आशावादी रहेको बताए ।

उक्त अवसरमा इञ्जिनियरिङ् सङ्कायका डीन प्रा.ई. रामचन्द्र आर्याल, मानविकी तथा सामाजिक शाश्त्र सङ्कायका पुर्व डीन गणेश बहादुर कार्की लागयतकाले शुभकामना ब्यक्त गरेका थिए ।

प्रकाशित मिति २०७२ चैत २८ गते

प्रतिक्रिया