Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

अख्तियारले राजिनामा दिने शिक्षकको नामावली माग्यो (पत्र सहित)

शनिबार, ०९ फागुन २०७१

काठमाडौं ९ फागुन /अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विभागलाई असोज यता राजिनामा दिने शिक्षकको विवरण माग गरेको छ ।

आयोगले माघ २१ मा पत्र लेखेर विभागसंग १५ दिनभित्र राजिनामा दिने शिक्षकको नामावली माग गरेको छ । आयोगले नक्कली शैक्षिक प्रमाणपत्र छानविन गर्न थालेपछि राजिनाम दिन थालेका थिए । विभागले शुक्रबार राजिनामा दिने शिक्षकको विवरण शिक्षा कार्यायबाट माग गरेको हो । प्रावि, निमावि र माध्यमिक तह खुल्ले गरी जिल्लागत विवरण माग गरेको छ ।

 आयोगले राजिनामा दिने शिक्षकको विवरण  १५ दिनभित्र पठाउन भन्ने पत्र विभागमा पठाएको थियो । विभागले सोमबार भित्र उक्त विवरण उपलब्ध गराउन शिक्षा कार्यालयाई निर्देशन दिएको हो । 

 

प्रतिक्रिया