Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

शैक्षिक परामर्शदातृ संस्था दर्ता प्रक्रिया रोकियो (मन्त्रालयको सूचना सहित)

शनिबार, ०९ फागुन २०७१

काठमाडौै ९ फागुन/शैक्षिक परामर्शदातृ संस्थामा कार्यरत परामर्शदाता तालिमप्राप्त व्यक्ति नभएपछि दर्ता प्रक्रिया रोकिएको छ । 

शिक्षा मन्त्रालयले ०६८ मा जारी गरेको शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धि निर्देशिकामा परामर्श दातृ निकायमा तालिम प्राप्त व्यक्ति हुनु पर्ने व्यवस्था गरेको थियो ।  तालिम प्राप्त व्यक्तिलाई शिक्षा मन्त्रालयले मान्यता दिनु पर्ने हुन्छ । संस्था दर्ताको आवेदन माग गर्दा कुनै पनि परामर्शदातृले तालिम प्राप्त व्यक्ति नभएपछि दर्ता प्रक्रिया रोकिएको मन्त्रालयले जनाएको छ । 

शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरुबाट विद्यार्थीहरुलाई प्रदान गरिने सेवा सुविधा समेतलाई व्यवस्थित गर्नका मन्त्रालयले निर्देशिका जारी गरेको थियो । 

निर्देशकाको परिच्छेद ४ को दफा ९ मा भएको व्यवस्था अनुसार शैक्षिक परामर्शदातृ संस्थाहरुमा कार्यरत परामर्शदाताहरु तालिम प्राप्त हुनु पर्ने अनिवार्य व्यवस्था छ । यस अनुसार अनुसारको तालिम प्रमाणपत्र कुनै पनि आवेदक संस्थाबाट पेश हुन नआएको मन्त्रालयको परामर्श शाखाले जनाएको छ । निर्देशिकामा उल्लेख भए अनुसार परामर्शदातृ संस्था मन्त्रालयमा दर्ता भएको हुनु पर्ने प्रावधान छ । यसअनुसार मन्त्रालयले पहिलो पटक २०७० कातिक ६ देखि ०७० मंसिर ५ सम्म अनलाइनमा र दोस्रो पटक ०७१ जेठ १ देखि ०७१ जेठ २१ समयाअवधि तोकेर संस्थाहरुलाई आवेदन पेश गर्न भनिएको थियो । यस अनुसार ४२५ संस्थाले आवेदन दिएका छन् ।

 ‘तालिम प्रमाणपत्र कुनै पनि आवेदक संस्थाबाट पेश हुन नआएकोले सो सम्बन्धमा निर्देशिका बमोजिम सेवा सञ्चालन स्वीकृत प्रक्रियामा जटिलता देखियो ,’मन्त्रालयद्वारा शनिबार जारी सूचनामा भनिएको छ,‘ यसअघि दुइपटक प्रकाशित सूचना अुनसार पेश हुन आएका आवेदन अनुसार सेवा सञ्चालन स्वीकृति सम्बन्धि हालसम्म भए÷गरेका सम्पूर्ण प्रक्रिया रद्ध गरिएको छ ।’ निर्देशिकामा रहेको प्रावधान अनुसार देखिएकोका जटिलतालाई सम्बोधन गर्न निर्देशिकामा आवश्यक व्यवस्था यथाशिघ्र गरी सेवा सञ्चालन स्वीकृतिका लागि निवेदन पेश गर्न पुनः सूचना प्रकाशित गरिने मन्त्रालयले जनाएको छ ।  

 

प्रतिक्रिया