Edukhabar
शनिबार, ३० चैत्र २०८१
खबर/फिचर

छात्रबृतिको आवेदन खुल्यो (आवेदन र परीक्षा मितिसहित)

शनिबार, ०९ फागुन २०७१

काठमाडौं ९ फागुन/शिक्षा मन्त्रालयले मेडिकल तर्फको स्नातक तर्फको छात्रबृतिको आवेदन माग गरेको छ ।

मन्त्रालयलेब्याचलर अफ नर्सिङ (बिएन),  ब्याचलर इन पब्लिक हेल्थ (बिपिएच), ब्याचलर इन फार्मेसी (बि फार्मेसी), ब्याचलर इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (बिएमएलटी), ब्याचलर अफ आयुर्वेदा, मेडिसिन एन्ड सर्जरी (बिएएमएस) लगायतका विषयमा त्रिवि र केयुबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा तथा विदेशका शिक्षण संस्थाहरुका लागि छात्रवृत्ति परिक्षाको आवदेन खुला गरेको हो । 

मन्त्रालयले त्रिविका लागि आगामि नोभेम्बर र केयुको अगस्टमा हुने शैक्षिक सत्रका लागि छात्रवृत्ति आवेदन खुला गरेको हो । निशुल्क, आंशिक तथा सशुल्क छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थीहरुले फागुन १६ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । छात्रवृत्तिमा आवेदन दिएकाहरुको छनौट परीक्षा फागुन ३० गते शनिबार १ बजे हुने छ । 

सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुन आउने विषयमा, त्रिभुवन विश्वविद्यालयबाट सबन्धन प्राप्त शिक्षण संस्थाहरुमा नोभेम्बर सेसन र काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा अगस्ट सेसनका साथै योग्यता क्रम कायम भएपछि स्वदेश तथा विदेशबाट प्राप्त हुने निःशुल्क, आँशिक तथा सशुल्क छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न  निवेदन आह्वान गरिएको हो । 

प्रतिक्रिया