Edukhabar
विहीबार, १० असोज २०८१
विचार / विमर्श

सीपमुलक शिक्षा : उद्यमी र किसानसंगै बसेर पढ्दै सिक्ने की ?   

बुधबार, २४ चैत्र २०७२

सञ्जु पौडेल - विद्यार्थीहरुलाई संैद्धान्तिक ज्ञानको साथमा ब्यवाहारिक ज्ञानको पनि आवश्यकता पर्छ । यसका लागी आफ्ना विद्यार्थीलाई असल र गुणस्तरिय तथा व्यवहारिक शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक, शैक्षिक संस्थाले नै बढी भुमिका खेल्नुपर्छ । यसै उद्देश्यले काठमाण्डौ विश्वविद्यालय (कुसोम) ले स्नातकोत्तर तह (एमविए) का विद्यार्थीहरुलाई उद्यमशीलता सम्बन्धी थप ब्यवाहारिक ज्ञान दिनका लागि विगत एक वर्ष देखि दायित्वसँग सहकार्य गरेर आर.इ.एस.-Rural Enterprise Serviceकार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

दायित्व एउटा नेतृत्व विकासको अभियान हो । नविनतम् विचार भएका तथा काम गरिरहेका स्थानीय युवाहरुको नेतृत्व विकासको क्षमतामा अभिबृद्धि गर्नका लागिदायित्वले सुशाषन, उद्यमशीलता विकास र जनसहभागिता गरी तिन ओटा विषयसग आधारित भएर कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । त्यस्ता युवाहरुलाई पहिचान गर्ने काम उद्यम विकास कार्यक्रम अन्तरगत दायित्व इन्टरप्राइज च्यालेञ्जले गर्छ । दायित्वले प्रत्येक वर्ष फरक फरक जिल्लामा ‘दायित्व इन्टरप्राइज च्यालेञ्ज’ सञ्चालन गर्दै आईरहेको छ । सो च्यालेञ्ज मार्फत जिल्ला भरिबाट १० जना उत्कृष्ट उद्यमी छनौट हुने गर्दछन् । 

छनौटमा परेका उद्यमीहरुको क्षमता विकास, नेतृत्व विकास तथा वँहाहरुको ब्यवसाय विकासका लागि दायित्वले आवश्यक सहयोग गर्ने गर्दछ । यसरी उत्कृष्टमा छानिनुभएको नमुना उद्यमीहरुसँग आर.इ.एस.कार्यक्रममा सहभागि भएको विद्यार्थीहरु उनीहरुको ब्यवसायमा २१ दिन बिताउने गर्दछन् । विद्यार्थीहरुले उद्यमशीलताको बारेमा थप जानकारी लिनका लागि प्रत्यक्ष अवलोकन, भ्रमण, निरिक्षण, खोज तथा अनुसन्धान गर्ने गर्दछन् । उक्त कार्यक्रमको उद्देश्यहरुमा विद्यार्थीहरुले उद्यमीहरुको कार्यक्षेत्रमा विद्यार्थीहरुले ग्रामीण उद्यमीहरुलाई उद्यम विकासमा सहयोग पु¥याउने, उद्यमीहरुले भोग्नु परेका समस्या समाधान गर्न सहयोग पु¥याउने, व्यवसाय व्यवस्थापनका सैंद्धान्तिक ज्ञानको बारेमा उद्यमीहरुलाई जानकारी गराउने तथा ग्रामीण उद्यमको बारेमा अध्ययन अनुसन्धान गरी स्थानीय स्तरबाट नै ब्यवाहारिक ज्ञान प्राप्त गर्ने लगायतको उद्देश्य थियो ।  यस वर्षको आर.इ.एस. कार्यक्रम अन्तरगत काठमाण्डौ विश्व विद्यालयका ३३ जना विद्यार्थीहरु मध्ये  पाल्पामा १२ जना र गुल्मीमा २१ जना विद्यार्थीहरुले पाल्पा र गुल्मी जिल्लाको विभिन्न स्थानमा रहनु भएका नमुना उद्यमीहरुको कार्यक्षेत्रमै गएर उद्यमशीलताको बारेमा स्थानिय स्तरको ब्यवाहारिक ज्ञान लिएर काठमाण्डौ फर्किएका छन् । 

विद्यार्थी विजय गौतमको आर.इ.एस. कार्यक्रममा आफ्नै अनुभव छ । उनी भन्छन् “म गुल्मी, ठूलोलुम्पेकका  खड्गविर थापाको माछा पालन तथा कृषि ब्यवसायमा बसेर उद्यमशीलता सम्बन्धी अध्ययन गरे । मेरो मूलघर दाङ्ग भएकोले मलाई कृषि सम्बन्धी सामान्य जानकारी थियो, तर त्यँहा पुगेपछि मैले कृषि सम्बन्धी अझ धेरै जानकारीहरु पाए । माछापालनको बारेमा पनि थप जानकारीहरु पाँए । मैले उक्त गाँउ घुम्नेक्रममा कृषकहरुको समस्याहरुलाई एकदम नजिकबाट बुझ्ने मौका पाँए । कृषकहरुले सानो सानो जमिनमा एकदम सामान्य तरिकाले खेती गरेको देखँे । यसैका बारेमा मैले गहिरो अध्ययन अगाडी बढाए ।’

उनी अरुको काम गराईबाट सिकेको र त्यसैलाई आफुले आधुनिक ढंगबाट काम गर्न शुरु गरेको बताउँछन् । तर यसका लागी धेरै चुनौतिको सामना गरेको गौतमको अनुभव छ ।

‘कृषि ब्यवसायमा लगानीको समस्या रहेछ । कुनै पनि बाली लगाएर त्यसलाई बिक्री गर्ने बेला सम्म लाग्ने लागत तथा त्यसबाट जम्मा आम्दानी कति भयो भन्ने हिसाब नराख्ने भएकोले जम्मा आम्दानी, बचत आदीको बारेमा उनीहरु अनभिज्ञ रहेको पाए । कृषि पेशाको लागि थोरै जमिन भए पनि स्थानिय युवाहरुमा सफल उद्यमी बन्ने जोश, जाँगर भएको पाउँदा एकदम खुशी पनि लाग्यो । कृषकहरु सर्वसुलभ ब्याजदरमा दुई, चार लाख रकम ऋण लिन चाहनु हुन्छ तर उहाहरुलाई त्यसरी ऋण पाउनु हुन्न । बल्ल बल्ल पाएको ऋण पनि १८ प्रतिशत ब्याजदर बुझाउनु पर्ने जुन एकदम महंगो पर्ने हुन्छ । मैले त्यँहाको कृषकहरुलाई कृषि पेशामा पनि खर्च तथा आम्दानीको हिसाब, किताबको महत्व र आवश्यकताको बारेमा जानकारी गराए ।’ उनले भने ।

यस्तै कुसोमकै अकाए विद्यार्थी रुष्का स्थापितको आर.इ.एस. कार्यक्रम बारेको अनुभव विजयको भन्दा फरक छ । ‘म काठमाण्डौंमै जन्मे हुर्केकी मान्छे ग्रामिण क्षेत्रका बासिन्दाको दिन चर्याको बारेमा केही थाहा थिएन । म आर.इ.एस. कार्यक्रमको लागि डुम्रे, पाल्पाको नमुना कृषक दुर्गा बहादुर खाँडको गाई पालन ब्यवसायको निरिक्षणको लागि बसेकी थिए । त्यँहाको २१ दिने अध्ययन अनुसनधानका क्रममा मैले एकदम नै धेरै ज्ञान पाए । शहरको ब्यवसाय र गाउँको ब्यवसाय गर्ने तरिकामा धेरै फरक रहेछ’ उनले अगाडी भनिन् ‘एउटा बिरुवालाई ठूलो बनाउन कृषकले कति मेहनत गर्नुपर्दो रहेछ भन्ने पनि थाहा भयो । कृषकको दिनचर्याको बारेमा बुझ््न पाए । कृषि पेशा अपनाएर पनि राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने थाहा भयो । मैले गाई फार्म कहिल्यै देखेकी थिईन, त्यहाँ गएर देख्न पाँए । त्यहाँको बासिन्दाहरुको साधारण पढाई तथा कृषि सम्बन्धी आवश्यक तालिमहरु केही नलिएको भएता पनि वहाँहरुले स्थानिय स्तरमा कामगर्ने तरिकाहामीले कक्षामा पढेको पढाईसँग मिल्थ्यो ।’

अध्ययन र अनुभवले नै उद्यमशिलता सिकिने विद्यार्थीहरुको भनाई छ । पछिल्लो समय फस्टाउदै गएको च्याउ व्यवसायको अध्ययन र अनुभव बोकेका विद्यार्थी मोहम्मद इस्तियाक भन्छन् “गाँउमा त्यसरी कहिल्यै बसेको थिएन तर पनि हाम्रो बसाई एकदम राम्रो र उपलब्धीमुलक भयो । मैले पाल्पाका नमुना उद्यमी केशब कार्कीको मदन पोखरा स्थित च्याउ खेतीको अध्ययन अनुसन्धान गर्ने मौका पाएको थिए । त्यँहा गएर मैले धेरै कुरा जान्ने मौका पाए ।’ 

उनले जानेनन् मात्र आफैले गरेर सिक्ने मौका समेत पाए । यसरी आफुले भोलीका दिनमा च्याउ व्यवसाय गर्ने उपाय पनि सिकाए । ‘च्याउ उत्पादन गर्ने तरिका, च्याउको प्रजाती आदीको बारेमा मलाई थाह थिएन । च्याउको प्रजाती अनुसार तापक्रम मिलाउनु पर्दछ भन्ने पनि थाहा थिएन । यहाँ आएर मैले एकदमै ब्यवाहारिक ज्ञान तथा सिप सिक्ने मौका पाए । ब्यवसाय गर्दा परिश्रम, धैर्यता तथा आफूले गरेको ब्यवसाय सम्बन्धी ज्ञान हुन जरुरी रहेछ । कुनै पनि शिप तथा ज्ञान पढेर मात्र भन्दा पनि गरेर जानिदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरणको रुपमा मैले उद्यमी केशब कार्की दाइलाई पाए । उहाँको जीवनीबाट पनि हामीले उद्याशीलताको बारेमा धेरै ज्ञान र सीप सिक्यौँ ।’

विद्यार्थीहरुलाई गुणस्तरिय र ब्यवाहारिक शिक्षा प्रदान गर्नका लागि यसरी उद्यमीहरुकै घरमै बसेर उद्यमशीलताको बारेमा व्यवहारिक ज्ञान तथा शिप पाउनु उपलब्धीपूर्ण व्यवहारिक शिक्षा हो । यसरी विद्यार्थीहरुले स्थानीय स्तरमै उद्यमशीलताको बारेमा जानकारी पाउदाँ एकातिर उनीहरुले ब्यवाहारिक ज्ञान पाउछन् भने अर्कोतिर देशको आर्थिक समृद्धिमा ठूलो टेवा पुर्याउँछन् । जसले गर्दा युवा स्वरोजगारको संख्यामा बृद्धि समेत हुन्छ । राजधानी तथा शहरी क्षेत्रका केहि क्याम्पस÷ विश्वविद्यालय मात्र भन्दा पनि सबै विषय र क्षेत्रका शैक्षिक संस्थाहरुले आफ्ना विद्यार्थीहरुलाई यस किसिमको व्यवहारिक ज्ञान र सीपमूलक शिक्षा दिन तिर लाग्ने की ?

(पौडेल दायित्व संस्थासंग आवद्ध छिन् । नेतृत्व विकासको अभियान सञ्चालन गरिरहेको दायित्वले विभिन्न जिल्लामा विद्यालय तथा विश्वविद्यालयसंग मिलेर उद्यमशिल गरिरहेका उद्यमीसंगै विद्यार्थीलाई सीपयुक्त काम सिक्न र गर्न सघाइरहेको छ ।)

प्रकाशित मिति : २०७२ चैत्र २४ गते ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया